सुयोग्य साकोस, कोटेश्वर, काठमाडौंले कोरोना संक्रमणबाट प्रभावित शेयर सदस्यहरुलाई राहत ऋण प्रवाह गर्ने

0 Shares

काठमाडौं महानगरपालिका-३२, सेतीओपी मार्ग- कोटेश्वरमा आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन भइरहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सबै शेयर सदस्यहरुले लकडाउनको अवधिमा पाएको हर्जाना मिनाहा र व्याज छुटको सुविधा दिई संस्थाप्रति आफूले निर्वाह गर्नु पर्ने दायित्व पूरा गरेको जनाएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँगको भेटमा सो संस्थाका व्यवस्थापक खड्गप्रसाद सुब्बाले कोभिड-१९ को विषम परिस्थितिमा पनि हाम्रो यस संस्थाले ९८ प्रतिशत ऋण र ९६ प्रतिशत ऋणको व्याज असुली गरी सुखद ढंगबाट क्लोजिङ्ग(खाताबन्दी) सम्पन्न गरेको बताउनुभयो । यस संस्थाको शेयर सदस्य संख्या लगभग १,४००  , शेयर पूँजी रु.२ करोड जति ,  निक्षेप संकलन रु.  १९ करोड  , कर्जा लगानी रु. १७ जति र कूल कारोवार रु.२४ करोड रहेको उहाँको भनाई छ । उहाँले यो संस्थाले कोरोना संक्रमणबाट प्रभावित आफ्ना शेयर सदस्यहरुको व्यवसायलाई माथि उठाउन सहयोग पुग्ने गरी राहत ऋण प्रवाह गर्ने रहेको छ भन्नुभयो ।

…………………………………………………………………

Leave a Reply