आफ्नै भवन निर्माणको सिल्यास गरेको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वासालात रु.१ अर्व २ करोड नाघ्यो

0 Shares

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.को वासालात रु.१ अर्व २ करोड नाघेको सोही संस्थाका व्यवस्थापक बालकृष्ण धोजुले बताउनु भएको छ ।

सो संघले २०७७ असार ३० गते “दीगो सहकारी विकासका लागि संघ” को परिकल्पनाका साथ आफ्नै भवन निर्माण गर्न लागेको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. देशकै उत्कृष्ठ संघ रहेको ठहर गर्दै त्यस संघको निर्माणाधिन भवनको शिलाान्यास भएको थियो । त्यस अवसरमा  सहकारी अभियानलाई दीगो बनाउनका लागि संघको भवन निर्माणले थप टेवा पुग्ने विश्वासका साथ वचत सहकारीलाई सेवामा समर्पित सदस्य केन्द्रीत ब्यवसायिक संस्थाको रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो ।

। भक्तपुर जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको
भक्तपुर जिल्ला तथा ऋण सहकारी संघ लि.को भवन सिलन्यास गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी संस्थालाई सदस्य केन्द्रीत सेवामूलक बनाएर उत्पादनमूलक व्यवसायमा लगानी गर्ने संस्थाको रुपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको थियो । अध्यक्ष कडेंलले सहकारी  सरकारको प्रतिस्पर्धी नभई परिपुरक भएकोमा जोड दिदै सहकारीका सदस्यहरुको जीवनस्तर उकास्ने र समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि समेत सहकारीले भूमिका खेल्नुपर्नेमा जोड दिनु भएको थियो । समुदायमा आधारित सहकारी संकटको बेला पनि सेवामा समर्पित भई दीगो रहने कुरा कोरोना भाइरसको जोखिम र लकडाउनको समयले सहकारीले गरेको योगदानले प्रष्ट पारेको बताउँदै उहाँले सहकारीलाई पैसा ठग्ने संस्थाको रुपमा नकारात्मक ढंगबाट  नभई सदस्य केन्द्रीत भई सामूहिक व्यवसायको रुपमा हेर्ने गरी समाजको सहकारीप्रतिको दृष्टिकोण सकारात्मक बनाउने गरी सहकारीकर्मीहरु ले कार्य गर्नु  पर्ने खाँचो औंल्याउनु भएको थियो । सहकारी सेवा र सदस्य केन्द्रीत हुनुपर्नेमा दुईमत नभएको जनाउँदै अव्यवहारिक सहकारी ऐनहरुलाई संशोधन गराउन पहल भइरहेको उहाँको भनाई थियो ।  उहाँले सहकारी अयिभानमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्नो छुटै पहिचान बनाइरहेको उल्लेख गर्नु हुँदै आफ्नो भवनको शिलान्यास गरेर थप एउटा ईटा थप्ने कार्य गरेकोमा प्रसंशा गर्नु भयो ।

भवन सिलन्यास पछि आयोजित सो कार्यक्रममा नेफ्स्कूनका भूतपूर्व अध्यक्ष तथा वरिष्ठ सहकारीविद् कैलाशभक्त प्रधानांगले सहकारी अभियानलाई गुणस्तरीय सेवामूलक बनाउन यो संघको भवन निर्माणपछि थप प्रभावकारी हुने विश्वास ब्यक्त गर्नु भयो । यस संघले आफ्नो भवन बनाउन सुरु  गरेर आफू आत्मनिर्भर , सक्षम एवं सवल रहेको प्रष्ट पारेको उहाँको भनाई थियो । संघ, प्रदेश र स्थानीय तहहरुको सहकारी ऐनहरु सहकारी मैत्री नभएको उल्लेख गर्दै उहाँले सन्दर्भ ब्याजदरमा काठमाण्डौ, ललितपुर लगायत विभिन्न जिल्ला संघले विरोध गरिरहेको तर भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्नो अदान राख्न सफल रहेकाले अरु संघ भन्दा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. उत्कृष्ठ रहेको बताउनुभयोे । नेफ्स्कून र राष्ट्रिय सहकारी महासंघ मिलेर सहकारी अभियानलाई थप उच्चाईमा पु-याउन सकिने उहाँको कथन थियो । सो संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले बजारमा नाफामूलक र समुदायमा आधारित सेवामुलक छुट्टै पहिचानका साथ सहकारी रहेको उल्लेख गर्दै कल्याणकारी कार्य गरेर मात्र सहकारी सफल नहुने बताउनु भयो । समूह केन्द्रीत भन्दा सदस्य केन्द्रीत गरेर समुदायमा आधारित सहकारीले सेवामूलक व्यवसायिक संस्थाको रुपमा विकास गर्न आवश्यक रहेकोमा उहाँको जोड  थियो । उहाँले १६ वटा बचत तथा ऋण सहकारी संस्थाबाट सूरु भएको यो संघले जिल्लाका १९९ वटा सहकारी संस्थाहरुलाई समेटेर आज आफ्नै भवन बनाउन सुरु गरेकोमा खुशी व्यक्त गर्दै थप त्यस संघलाई थप सफलताको लागि शुभकामना दिनुभयो । सो अवसरमा सोही संघका नि:वर्तमान अध्यक्ष राध्येश्याम सुवालले आफू अध्यक्ष रहेको बेला सूर्यविनायक नगरपालिका वडा नम्वर ८ स्थित इतबुमा यस संघको नाममा जग्गा किन्न सकेकाले आज यो संघ आफ्नै खुट्टामा उभिन सफल भएको बताउनु भयो । समुदायमा आधारित सहकारी संस्थाहरु कोरोनाको जोखिमका बीच पनि सेवा दिन सफल रहेको बताउँदै संघको भवन निर्माण पश्चात थप प्रभावकारी सेवा दिन सकिने विचार व्यक्त गर्नु भयो ।

शिलान्यास कार्यक्रमको अध्यक्षता गर्नु भएका उक्त संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले मुलुकको सहकारी अभियानमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सहकारी अभियानलाई दीगोपना दिने हिसाबले सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको बताउनु भयो । एक व्यक्ति एक सहकारी नीति व्यवहारीक नभएकोमा यस संघले जोड दिदै आएको उल्लेख गर्दै उहाँले हाम्रो यो संघले भक्तपुरका स्थानीय तहहरुमा रहेका नीतिगत समस्याहरुलाई समाधानको पहल गर्दै आएको छ भन्नुभयो । सहकारी अभियानमा निरन्तर सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै जाने उहाँको भनाई थियो । कोरोना भाइरसको जोखिमका बीच अब हुने साधारणसभामा ५१ प्रतिशत सदस्य सहभागि गराउने कार्य जोखिम र चुनौतीपूर्ण नीति रहेकोले सुधार्न आवश्यक भएकोमा उहाँले जोड दिनु भयो । जापान जस्तो देशमा १० प्रतिशत सदस्य सहभागी भए पुग्ने नियम रहे पनि देशमा ५१ प्रतिशत सहभागी अनिवार्य गर्नु व्यवहारिक नभएको उहाँको कथन थियो ।

संस्थाको भवन बनाउन गाह्रो रहेको उल्लेख गर्दै नीति संगत रुपमा सूर्यविनायक नगरपालिकाबाट
डिपिसीसम्मको भवन निर्माण अनुमति लिएर मात्रै संघको भवन निर्माणका लागि शिलान्यास गरेको बताउदै उहाँले यस संघको भवन निर्माणमा ११८ भन्दा बढी सदस्य सहकारी संस्थाहरुले प्रति सहकारी रु. ५ हजार भन्दा बढी सहयोग गरेको तर त्यो अपुग हुने देखिएकोले थप सहयोगको लागि पनि आह्वान गर्नु भयो । यो  संघको भवन निर्माणका लागि रु.२५ हजार देखि बढी सहयोग गर्नेहरुको शिलापत्रमै नाम लेख्ने योजना रहेको उल्लेख गर्दै यस संघले आफ्नो सहकारी अभियानलाई नेफ्स्कून र राष्ट्रिय सहकारी महासंघसँग समन्वय गर्दै आएको र संघको भवन निर्माणमा पनि सहयोग हुने अपेक्षा गर्नु भयो । शिलान्यास भएको भवन साँढे तीन तल्लाको बन्ने उल्लेख गर्दै सो भवनका लागि संघले रु. १ करोड बजेट विनियोजन गरेको भए पनि रु. ९३ लाखमा बनाउने लगत इष्टिमेट भएको र १० वटा कोठा हुने सो भवन निर्माण पछि यो संघको कार्यालय सञ्चालन, सहकारी अभियान, तालिमहरु समेत आयोजना गर्न सकिने उहाँले बताउनु भयो ।

त्यसैगरी सोही संघका उपाध्यक्ष एवं भवन निर्माण समितिका अध्यक्ष हरि बल्लले यस संघको भवन निर्माणको शिलान्यास सहकारी अभियानको सुरुवात भएको बताउँदै आर्थिक वर्ष २०७७।७८ सालभित्र निर्माण कार्य पूरा हुने बताउनु भयो ।

सोही संघका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उप-समिति हरुका पदाधिकारी तथा सदस्यहरु, कर्मचारीहरु लगायत ६५ जनाको   सहभागिता रहेको  उक्त शिलान्यास कार्यक्रम त्यसै संघका सचिव जगनाथ प्रजापतिले सञ्चालन गर्नु भएको थियो ।

 

 

 

Leave a Reply