यशोधर साकोस, बुबाहाल-ललितपुर लकडाउनले समस्यामा परेका सदस्यहरुको व्यवसायको प्रवर्द्धन गर्न सहयोग पुग्नै गरी चालु आ.व.को कार्यक्रम बनाउदै

0 Shares

ललितपुरको बुबाहालमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्था लि.ले लकडाउनले समस्यामा परेका आफ्ना शेयर सदस्यहरुको  व्यवसाय, त्यसमा पनि विशेष गरी हस्तकला व्यवसायको प्रवर्द्धन गर्न सहयोग पुग्ने गरी चालु आर्थिक वर्षको कार्यक्रम बनाई रहेको जनाएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै सोही संस्थाका व्यवस्थापक सुनिल बज्राचार्यले सरकार तथा सरोकारवाला निकायले लकडाउनले समस्यामा पारेको हस्तकला व्यवसायको प्रवर्द्धन गरे अविलम्व योजना बनाएर काम गरोस भन्नुभयो । उहाँले हाम्रो यस यशोधर बचत तथा ऋण सहकारी संस्था लि.को  यही असार मसान्तसम्म शेयर सदस्य संख्या ४५३ , शेयर पूँजी रु.५१,३८,५०० , निक्षेप संकलन रु.६,९९,७३,८९२ , कर्जा लगानी रु.६,४९,५१,०९३ र कूल कारोबार रु.८,२८,१९,०००  बताउनुभयो । लकडाउनले यस संस्थालाई  प्रभाव पारेपनि लकडाउन खुकुलो भएसँगँ संस्थाको निक्षेप संकलन कार्य सुचारु भएको र लकडाउन शुरु भएपछि बन्द गरिएको  कर्जा लगानीलाई खुल्ला गर्ने प्रक्रिया अगाडि बढेको उहाँको भनाई छ । स्थानीय समुदायमा आधारित यस संस्थाले लकडाउन अवधिमा दैनिक आंशिक रुपमा र लकडाउन खुकुलो भएपछिदेखि पूरै समय कार्यालय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको र लकडाउन अवधिको कर्जाको हर्जाना मिनाह गर्नुका साथै त्यस अवधिको कर्जाको व्याजदरमा २ प्रतिशत छुट गरेकोले सबै ऋणी शेयर सदस्यहरुले सो सुविधा उपयोग गरी यो संस्थाप्रति निर्वाह गर्नु पर्ने दायित्व पूरा गरेकाले यस संस्थाको आर्थिक वर्ष २०७६/०७७ को खाताबन्दी उत्साहपूर्वक सम्पन्न भएको उहाँको कथन छ ।

लकडाउनको समयमा सदस्यहरुले रु.५,००० सम्म आफ्नो बचत फिर्ता लान सक्ने व्यवस्था गरेको यस संस्थाले त्यसबेला आफ्ना शेयर सदस्यहरुलाई खाद्यान्न सहयोग गरेको उहाँले भन्नुभयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को निर्देशन र मार्गदर्शन अनुरुप यो संस्था सञ्चालन भएको भन्दै उहाँले राष्ट्रिय सहकारी बैंक लि., नेफ्स्कून र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का प्रतिनिधि निक्षेप संकलन गर्न यहीँ संस्थामा नै आउने गरे भनी खुशी व्यक्त गर्नुभयो ।

सहकारी सन्दर्भ व्याजदर पुनरोवलोकनको चर्चा चलिरहेको बारे तपाईको भनाई के छ भन्नै सहकारी सञ्जालका प्रधान सम्पादक कार्कीको प्रश्नको जवाफमा उहाँले सहकारी सन्दर्भ व्याजदर व्यवहारिक नभएकोले त्यसलाई व्यवहारिक बनाई त्यसमा एकरुपता कायम गर्नु पर्ने र त्यसका लागि सहकारीका छाता संगठनले पहल गर्नु पर्ने खाँचो औँल्याउनुभयो । ‘राज्यले अविलम्व लकडाउनले समस्यमा परेका सहकारी संस्थाहरुको पहिचान गरी तिनीहरुलाई विशेष सुविधा दिएर माथि उठाउन सहयोग गर्नु जरुरी छ’ उहाँले जोड दिनुभयो ।

Leave a Reply