साना किसान सहकारी संस्था लि., बागमती न.पा.-१०, सोल्टी , सर्लाहीले ग-यो कृषकको मकै खरीद
सर्लाहीको बागमती नगरपालिका–१० , सोल्टीमा रहेको साना किसान कृषि सहकारी संस्था लि.ले लकडाउनले समस्यामा परेका आफ्ना ऋणी शेयर सदस्यहरुलाई २०७६ चैत्र महिनाको ऋणको व्याजमा २५ प्रतिशत र २०७७ बैशाख , जेष्ठ र असार महिनाको ऋणको ब्याजमा १८ प्रतिशत छुट दिएको र त्यस बापतको रु.४७,९५,८३९ त्यसै संस्थाले बहन गरेको जनाइएको छ । यस अघि पनि उक्त संस्थाले नियमित रुपमा ब्याज बुझाउने शेयर सदस्यलाई ब्याजको ५ प्रतिशत छुट दिँदै आएको तर निक्षेपमा भने ब्याजदर यथावत रहेको सो संस्थाका व्यवस्थापक माधवप्रसाद काफ्लेको भनाई छ ।
१४ वर्ष अगाडि स्थापना भएको र हाल २,२२७ जना महिला र ७५५ जना पुरुष गरी २,९८२ जना शेयर सदस्य रहेको त्यस संस्थाले गत आर्थिक वर्षमा रु.४९,६५,२२,४१० कूल कारोवार गरी रु.९८,३३,८४४ नाफा कमाएको त्यस संस्थाले जनाएको छ । लकडाउनका कारण व्यापारीहरु खरीदका लागि नआएपछि आफूले उत्पादन गरेको मकै बिक्री गर्न नपाएपछि मर्कामा परेका कृषकहरुको ३२१ मकै खरीद गरेर गोदाम राख्नुका साथै लकडाउनका कारण बजारमा खरीद गर्दा १,८०० मूल्य पर्ने युरिया मल सरकारी मूल्य अर्थात रु.९०० मा कृषकहरुलाई ५०० बोरा युरिया मल सरकारी मुल्यमा कृषकहरुलाई उपलब्ध गरेको सोही संस्थाकी अध्यक्ष कमलकुमारी पोखरेलको भनाई छ ।

