बागमती प्रदेश सहकारी संघ , बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ र बागमती प्रदेश कृषि सहकारी संघले पाए दर्ता प्रमाण-पत्र
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश सहकारी संघ लि. , बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. र बागमती प्रदेश कृषि सहकारी संघ लि.को दर्ता प्रमाण-पत्र हिजो हेटौडामा एक कार्यक्रमका वीच संयुक्त रुपमा सम्बन्धित संघका अध्यक्षलाई प्रदान गर्नुभयो । 
त्यस अवसरमा उहाँले ती संघहरुको कार्य सफलताको कामना गर्दै यी संघहरुले आफ्नो लक्ष्य अनुरुप जिम्मेवारी पूरा गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.वी. उप्रेती , नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल , जिल्ला सहकारु संघ लि., ललितपुरका अध्यक्ष माधव दुलाल र उपाध्यक्ष रामशरण बस्नेत , जिल्ला सहकारी संघ लि., भक्तपुरका अध्यक्ष केदार खड्का , जिल्ला सहकारी संघ लि., काठमाडौंका उपाध्यक्ष सीता ढकाल र महासचिव मनोज भण्डारी , भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजु , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाई र वरिष्ठ उपाध्यक्ष करुणारत्ने बज्राचार्य तथा नि:बर्तमान अध्यक्ष रामशरण घिमिरे , बहुउद्देश्यीय सहकारी संघ लि., काठमाडौंका अध्यक्ष मनोज भण्डारी , बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका उपाध्यक्ष किशोर महर्जन लगायतले ती संघहरुको कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय सहकारु बैंक लि.का नि:बर्तमान सञ्चालक रामशरण शर्मा घिमिरेको अध्यक्षतामा बागमती प्रदेश सहकारी संघ लि. , उद्धव सापकोटाको अध्यक्षतामा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. र डिल्ली पाठकको अध्यक्षतामा बागमती प्रदेश कृषि सहकारी संघ लि. गत वर्ष नै गठन भएका थिए ।
दर्ता प्रमाण-पत्र प्राप्त भएकोले बागमती प्रदेश सज्ञकारी संघ लि. ले आफ्नो कार्य प्रारम्भ गर्ने सो संघका उपाध्यक्ष जगतलाल महर्जनले सहकारी सञ्जाललाई बताउनुभयो ।

