कल्याणकारी साकोस , लुभू , ललितपुरको कूल कारोवार रु.१ अर्व ४१ करोड

0 Shares

ललितपुरको महालक्ष्मी नगरपालिका -८, लुभूमा आफ्नै सुविधा सम्पन्न भवनमा मुख्य कार्यालय रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.को यही असार मसान्तसम्म कुल कारोवार रु.१ अर्व ४१ करोड रहेको सो संस्थाका अध्यक्ष भुवनबहादुर बस्नेतले बताउनुभयो । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँगको भेटमा उहाँले गत आर्थिक वर्षको यो संस्थाको खाताबन्दी सुखद रहेको बताउनुभयो । ‘यतिबेला हाम्रो यस संस्थाको चालु आर्थिक वर्षको कार्यक्रम निर्माण भइरहेको छ’ उहाँले भन्नुभयो । २०५० असार २८ गते  प्रति शेयर सदस्य रु.१,३५० दरले जम्मा गरी २६ जना शेयर सदस्यको ३५,१०० बाट  कारोवार शुरु गरेको यो संस्था ललितपुरको ग्वार्खो पूर्वको पहिलो संस्था मात्रै नभई कार्य सम्पादनको आधारमा पनि यो संस्था पहिलो भएको उहाँ भनाई छ । सहकारी बैंकको बारेमा तपाईको भनाई के छ नि भन्ने सहकारी सञ्जालका प्रधान सम्पादक कार्कीको जिज्ञासाको जवाफमा उहाँले सहकारी बैंकले आफ्नो कार्यशैली सच्याउनु पर्नेमा जोड दिनुभयो ।सोही संस्थाका व्यवस्थापक तथा सहकारी प्रशिक्षक कुमार खत्रीले हाम्रो यस ‘कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ले बचत अन्तर्गत मासिक बचत , दैनिक बचत , आवास बचत ,पेन्सन बचत, साधारण बचत , विशेष बचत, जेष्ठ नागरिक बचत, नारी बचत , नावालक बचत ,आवधिक बचत , शेयर बचत , भ्रमण बचत , रिचार्ज बचत र आवधिक बचत तथा ऋण अन्तर्गत कृषि ऋण , व्यापार व्यवसाय ऋण , वैदेशिक रोजगार ऋण , हायर पर्चेज ऋण र घरजग्गा ऋण  कार्यक्रम सञ्चालन गरेको भन्दै यही असार मसान्तसम्म यस संस्थाले लगानी गरेको कर्जाको ९४ प्रतिशत व्याज असुली भएको बताउनुभयो । नेपालको सहकारी अभियानभित्र मुल्यांकनको परिपाटी  शुद्धिकरण आवश्यक रहेको उहाँको भनाई छ ।

उत संस्थाको भूवनबहादुर बस्नेत-अध्यक्ष , देवी श्रेष्ठ-उपाध्यक्ष , प्रभुराम थापा- सचिव , रामबहादुर थापा- कोषाध्यक्ष तथा मिनु श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ , सत्य जीवन श्रेष्ठ , जगन्नाथ चालिसे , टीका दंगाल , सुदनकुमार खड्का र सुधीर पौडेल सदस्य रहेको सञ्चालक समिति र सुन्दर श्रेष्ठ- संयोजक तथा रुपक श्रेष्ठ र मन्दिरा रेग्मी घिमिरे सदस्य रहेको लेखा सुपरीवेक्षण समिति कार्यरत छ ।

………………………………………………………………..

Leave a Reply