असार मसान्तसम्म रु.७५ करोड कूल कारोवार गरेको सिद्धिपुर-थसि बहुउद्देश्यीय सहकारी संस्था लि., सिद्धिपुर, ललितपुर बहुउद्देश्यीय कार्य गर्ने तयारी गर्दै

0 Shares

ललितपुरको महालक्ष्मी नगरपालिकाको सिद्धिपुरमा रहेको सिद्धिपुर-थसि बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष राजेन्द्र अमात्यले  आफ्ना शेयर सदस्यहरुलाई लाभ हुने गरी बहुउद्देश्यीय कार्य गर्ने तयारी गरिरहेको बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँगको भेटमा उहाँले लकडाउनले सिद्धिपुर-थसि बहुउद्देश्यीय सहकारी संस्था लि.लाई असर गरे पनि यही असार मसान्तसम्म आई पुग्दा हाम्रो यो संस्था नाफा गयो  तर सोचे जति भने हुन सकेन , यद्यपि समग्रमा भन्नुपर्दा हाम्रो यस संस्थाको गत आर्थिक वर्षको खाताबन्दी राम्रो भयो भन्नुभयो । यही असार मसान्तसम्म रु.७५ करोड जति कूल कारोवार रहेको यो संस्थाले लकडाउनले समस्यामा परेका आफ्ना शेयरहरुलाई सहयोग पुग्ने गरी  चालु आर्थिक वर्षको कार्यक्रम बनाई रहेको उहाँको भनाई छ ।

राष्ट्रिय सहकारी बैंक लि.को गतिविधि बारेमा सोधिएको प्रश्नको जवाफमा उहाँले राष्ट्रिय सहकारी बैंक लि. अरु बैंकहरु भन्दा फरक हुनु पर्नेमा जोड दिनु हुदै सहकारी ऐन,२०७४ शंसोधन भएन भने बहुउद्देश्यीय लगायतका सहकारी संस्थालाई काम गर्न अफ्ठ्यारो हुने भएकोले बहुउद्देश्यीय सहकारीलाई आफ्नो उद्देश्य अनुरुप बहुउद्देश्यीय कार्य गर्न सहज हुने गरी सो ऐन शंसोधन हुनु पर्ने खाँचो औँल्याउनुभयो ।  सरकारले लकडाउनले समस्यामा परेका सहकारी संस्थालाई माथि उठाउन आवश्यक सहयोग गर्नु पर्ने उहाँले बताउनुभयो।

उक्त संस्थाको राजेन्द्र अमात्य- अध्यक्ष , कृष्ण गोविन्द महर्जन-उपाध्यक्ष , ज्ञानप्रसाद नेमकुल ‘न’- सचिव , कृष्णकुमार महर्जन- सह-सचिव र  ज्ञानप्रसाद नेमकुल-कोषाध्यक्ष तथा  धर्मेन्द्र नेमकुल , चन्द्रबहादुर नेमकुल ,, लक्ष्मीप्रसाद अमात्य र दिनेश श्रेष्ठ- सदस्य रहेको सञ्चालक समिति कार्यरत छ ।

…………………………………………………………………

 

Leave a Reply