ललितपुर महानगरपालिका आफ्नो सहकारी नियमावली निर्माण गर्दै
ललितपुर महानगरपालिकाले आफ्नो सहकारी नियमावली निर्माण गरिरहेको जनाएको छ । सो महानगरपालिकाका सहकारी शाखा प्रमुख चन्द्रलाल डंगोलले सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै ललितपुर महानगरपालिकाले आफ्नो सहकारी ऐन निर्माण गरी सकेको र यतिबेला सहकारी नियमावलु निर्माण गरिरहेको छ भन्नुभयो । उहाँले यस महानगरपालिका अन्तर्गत ३४३ वटा सहकारी संस्थाहरु रहेको र तिनलाई एकीकरणमा जाने प्रेरित गरिने बताउनुभयो । गत वर्ष यस महानगरपालिका अन्तर्गतको एउटा सहकारी संस्था प्रदेश अन्तर्गतको सहकारी संस्थासँग एकीकरणमा गएको उहाँको भनाई छ । लकडाउनले समस्या प-यो भनेर त कुनै पनि सहकारी संस्था यस महानगरपालिकामा आएका छैनन् तर बचत फिर्ता नपाएको भनेर १/२ वटा गुनासा आएकाले तिनको समाधानमा लागिएको उहाँको कथन छ ।
…………………….……………………………………….…..

