बर्दिबास साकोस, बर्दिबासको सदस्य सेवाकेन्द्र बर्दिबास नगरपालिका-११, खयरमारामा स्थापना

0 Shares

महोत्तरीको बर्दिवासमा रहेको बर्दिबास बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको सुविधालाई ध्यानमा राखेर आज बर्दिबास नगरपालिका-११, खयरमारामा सदस्य सेवाकेन्द्र स्थापना गरेको  छ । सो सेवाकेन्द्रको बर्दिबास नगरपालिकाका मेयर  विदुरकुमार कार्कीले विधिवत रुपमा उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै मेयर कार्कीले यस बर्दिबास साकोस आफ्नो उद्देश्य अनुरुप अगाडि बढ्न सफल होस् भनी शुभकामना दिनुभयो । उहाँले बर्दिबास नगरपालिकाकाले सहकारीको विकास र प्रवर्द्धन गर्न सकेको सहयोग गर्ने बताउदै बर्दिबास नगरको विकासमा सहकारीको सहयोग महत्वपूर्ण हुने बताउनुभयो । स़ अवसरमा शुभकामना व्यक्त गर्दै बर्दिबास नगरपालिका वडा नं. १० र ११ वडाध्यक्षहरु क्रमश: धनलाल श्रेष्ठ र धनबहादुर लामाले खयरमारामा बैंकको उपस्थिति नरहेकोले बर्दिबास साकोसको यसै सेवाकेन्द्र मार्फत सामाजिक सुरक्षा भत्ता वितरण लगायत सेवा प्रवाह गर्न पहल गर्ने बताउनुभयो । त्यस अवसरमा महोत्तरी जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णबहादुर सिंह , बर्दिबास नगरपालिकाका सहकारी विभाग प्रमुख प्रेमा कार्की , राष्ट्रिय सहकारी बैंक लि., शाखा कार्यालय , बर्दिबास का प्रमुख लोकेन्द्र के.सी. , लक्ष्मीनारायण मा.वि. खयरमारा का भूतपूर्व प्रधानाध्यापक खड्गबहादुर सिंह र सूर्यप्रसाद देवकोटा , बर्दिबास सहकारी सञ्जालका हितनारायण  जोशी लगायतले सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नु हुँदै संस्था नीति , विधि र प्रविधिलाई आत्मसाथ गरी सञ्चालन हुन सकोस् भन्नुभयो । उक्त उद्घाटन कार्यक्रमको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष शंकरकुमार श्रेष्ठले यस बर्दिबास बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको हितमा कार्य गरिरहेको बताउनुभयो ‌। त्यसै संस्थाका सचिव भवनाथ खतिवडाले सञ्चालन र लेखा सुपरीवेक्षण समिति सदस्य शम्भुप्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेको उक्त उद्घाटन कार्यक्रममा त्यस संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्य, कर्मचारी, शेयर सदस्य , स्थानीय बुद्धिजीवी, व्यापारी लगायतको उपस्थिति रहेको थियो । त्यस कार्यक्रममा ९८ जना नयाँ शेयर सदस्यहरुलाई रु २,५६,००० को २,५६० कित्ता शेयर खरीद बितरण गरिएको थियो ।

सोही अवसरमा बर्दिवासमा रहेको शुभ स्वस्तिक हस्पिटलका प्रमुख दिपक बहादुर कार्कीले बर्दिबास साकोसका शेयर सदस्यहरुलाई शुभ स्वस्तिक हस्पिटलमा उपचारमा १०  देखि ५० प्रतिशातसम्म छुटको व्यवस्था रहेको बताउनु भएको थियो ।

 

Leave a Reply