सौभाग्य बहुउद्देश्यीय सहकारी संस्था लि.,गा:बहाल, ललितपुले असोज मसान्तसम्म व्याज बुझाउने शेयर सदस्यलाई कर्जाको लकडाउन अवधिको व्याजमा छुट र हर्जाना मिनाह गर्ने

0 Shares

ललितपुरको गा:बहालमा रहेको सौभाग्य बहुउद्देश्यीय सहकारी संस्था लि.ले २०७७ असोज मसान्तभित्र कर्जाको व्याज बुझाउने शेयर सदस्यलाई कर्जाको लकडाउन भएको २०७६ चैत देखि २०७७ असार महिनासम्मको व्याजमा १० प्रतिशत छुट र हर्जाना मिनाहा गर्ने जनाएको छ । सो संस्थाका प्रवन्ध निर्देशक उत्तम लाल श्रेष्ठले सहकारी सञ्जाललाई उक्त कुरा बताउदै ‘यही असार मसान्तसम्म यस संस्थाको शेयर पूँजी रु.२,४७,५५,००० , शेयर सदस्य संख्या १,४०० , निक्षेप संकलन रु.४४,८२,०४,००० , कर्जा लगानी रु.३७,८२,२८,००० , कूल कारोबार रु.६२,००,५३,००० र संस्थाको सम्पति रु.२,२८,५८,००० रहेको छ’ भन्नुभयो । यस संस्थाले बचत तथा ऋण कारोवार सँगै हस्तकला उद्योगमा लगानी गरेको छ तर लकडाउनका कारण त्यसको नाफा घाटाको परिणाम आइसकेको छैन’ छैन’  उहाँको भनाई छ । ‘हाम्रो यो संस्थाले बिस्कुट उद्योगमा पनि लगानी गर्ने कि भनी छलफल भइरहेको छ’ उहाँको कथन छ ।

Leave a Reply