जिल्ला विषयगत संघहरु प्रादेशिक विषयगत संघमा एकीकरण गर्ने नीतिको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आपत्ती

0 Shares

राष्ट्रिय सहकारी विकास बोर्डले तयार पारेको राष्ट्रिय सहकारी नीति ,२०६९ पुनरावलोकन मस्यौदाको उद्देश्य नं. ६ मा उल्लेखित जिल्ला विषयगत संघहरु प्रादेशिक विषयगत संघमा एकीकरण गर्ने भन्ने विषय सहकारी ऐन , २०७४ विपरीत रहेको भन्दै त्यसको भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आपत्ती जनाएको छ । सो संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी ऐन , २०७४ मा प्रारम्भिक संस्था , जिल्ला , प्रादेशिक र संघ गरी ४ तहको सहकारी संरचना स्पष्ट रुपमा उल्लेख भएकोले राष्ट्रिय सहकारी विकास बोर्डले तयार गरेको राष्ट्रिय सहकारी नीति , २०६९ को पुनरावलोकन मस्यौदाको उद्देश्य नं. ६ कुनै पनि हालतमा मान्य नहुने बताउनुभयो ।

त्यसको विरोध गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले २०७७ श्रावण १६ गते राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेललाई महासंघको कार्यालय, पुल्चोक, हरिहरभवन ललितपुरमा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याललाई नेफ्स्कूनको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर , काठमाडौंरधैमा ज्ञापन-पत्र बुझाएको छ । 

सहकारी ऐन , २०७४ मा जिल्लाको अवधारणा रहेकै हुनाले आत्मनिर्भर रुपमा सञ्चालित विषयगत जिल्ला संघहरु एकीकरण नगर्न सो ज्ञापन-पत्रमा माग गरिएको छ । हाल कोभिड- १९ को महामारीको विषम परिस्थितिमा सहकारी संघ/संस्थाले कसरी साधारणस७भा गर्ने भन्ने विषयमा मार्गदर्शन र नियामक निकायसँग सहजीकरण गर्न ज्ञापन-पत्रमा अनुरोध गरिएको छ । सो संघले ज्ञापन-पत्रमा प्रतिनिधिमूलक साधारणसभा गर्न सक्ने व्यवस्था वा अन्य वैकल्पिक व्यवस्था हुन आवश्यक रहेकोले यो षिययमा तत्काल निर्क्योल गर्न माग गरेको छ ।त्यसैगरी २०७७/०७८ को अध्यादेश अनुसार सहकारी संघ/संस्थाको बार्षिक आयमा ५ प्रतिशत मात्र कर लाग्ने व्यवस्था भइसकेको अवस्थामा सहकारी संघ/संस्थाले तरलता व्यफवस्थापनका लागि बैक तथा वित्तीय संस्थामा निक्षेप राखिएको रकमबाट पाउने ब्याजमा १५ प्रतिशत अग्रिम व्याज कर कट्टी गर्ने व्यवस्था अव्यवहारिक भएकोले अग्रिम ब्याज कर कट्टी ५ प्रतिशत वा सोभन्दा कम मात्र गर्न ज्ञापन-पत्रमा माग गरिएको छ । यस्तै, त्यस ज्ञापन-पत्रमा सहकारी संस्थाहरुले संघहरुबाट लिएको ऋणको ब्याजमा पनि १५ पतिशत अग्रिम ब्याज कर कट्टा गर्ने प्रावधान अव्यवारिक भएकोले संशोधनका लागि माग गरिएको छ ।

सो  ज्ञापन-पत्र ग्रहण गर्दै राष्ट्रिय सहकारी  महासंघ लि.का अध्यक्ष मिनराज कँडेले साधारण सभाको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभाग र अभियानमा छलफल गरेर निक्यौंल निकाल्ने प्रयास भइरहेको जानकारी बताउनुभयो । उहाँले ब्याजमा अग्रिम कर कट्टीको विषयमा ध्यानआकर्षण भएको र यसको संशोधनका लागि पहल गर्ने बताउनुभयो । उहाँले तहगत संरचनाको विषयमा अभियानमा छलफल गर्न आवश्यक रहेको औल्याउनुभयो ।

त्यसैगरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को ज्ञापन-पत्र ग्रहण गर्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले साधारणसभाको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र अभियानबीच छलफल भइरहेको बताउनुभयो । उहाँले ब्याजमा अग्रिम कर कट्टीको विषयमा अर्थमन्त्री समक्ष जानकारी गराई सकिएको र मन्त्री स्वयंले संशोधनको विषयमा उचित पहल गर्ने प्रतिबद्धता समेत जाहेर भएको जानकारी गराउनुभयो । उहाँले मुलकमा संघीयताको बहस चलिरहेको सन्दर्भमा जिल्ला संघ बैधानिक पहिचानको विषय के हुन सक्छ , त्यस सन्दर्भमा अभियानसँगको विशेष छलफलआवश्यक रहेको औल्याउनुभयो । त्यस अवसरमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुलाई पुस्तक प्रदान गर्नु भएको थियो ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुको नेतृत्वमा गएको भक्तपुर जिल्लाका सहकारी अभियानकर्मीहरुको प्रतिनिधि मण्डलले उक्त ज्ञापन-पत्र बुझाएको छ ।





Leave a Reply