राष्ट्रिय सहकारी बैंक लि.आफ्नो १८औँ स्थापना दिवस मनाउदै
नेपालको सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लि. आज आफ्नो १८औँ स्थापना दिवस मनाई रहेको छ । यस दिवसको अवसरमा सो बैंकका अध्यक्ष के.वी. उप्रेतीले 
सम्पूर्ण सहकारीकर्मीहरु, राष्ट्रिय सहकारी बैंक लि.का सदस्यहरु , कर्मचारीहरु तथा सहकारी क्षेत्रको बारेमा कलम चलाउने पत्रकार लगायतलाई शुभकामना दिनु एको छ । कोरोना भाइरस( COVID-19) महामारीका कारण उक्त बैंकले यस वर्ष विगतका वर्षहरुमा जसरी भव्य रुपमा कार्यक्रम नगरी सामान्य कार्यक्रम गरी शुभकामना आदान गरेर यो मनाइरहेको सोही बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकृत बद्री गुरागाईको भनाई छ । सो दिवसको अवसरमा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल , नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी , सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डे , राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेल , नि:वर्तमान अध्यक्ष केशवप्रसाद बडाल , भूतपूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटा , वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्ल , उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लि.का नि:बर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेल, राष्ट्रिय सहकारी बैंक लि.का भूतपूर्व अध्यक्ष राजेश लि जोशी , नेपाल बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष परितोष पौड्याल, नेपाल बहुउद्देश्यीय सहकारी संघ लि.का अध्यक्ष सुरेन्द्र भण्डारी , राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल , नेशनल को-अपरेटर्स एलायन्स , नेपालका केन्द्रीय सह-अध्यक्ष गोविन्दप्रसाद शर्मा , सहकारी विज्ञ तथा राष्ट्रिय सहकारी विकास बोर्डका सल्लाहकार डा. ज्ञानेन्द्रप्रसाद पौडेल सहितका विभिन्न सहकारी संघ/संस्था तथा सहकारीकर्मीहरुले सो बैंकको उत्तरोतर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।
देशभर ४४ वटा शाखा मार्फत सहकारी संस्थाहरुमा वित्तीय कारोवार गरिरहेको त्यस बैंकका थप २४ वटा शाखाहरुको सञ्चालनको तयारी भइरहेको बताइएको छ । १२ हजार भन्दा बढी सदस्य रहेको त्यस बैंकलेछ रु.१० हजारले आफ्नो सदस्य बन्न सक्ने प्रावधानलाई संशोधन गरी रु.१ हजारले पनि सदस्य बन्न सक्ने नीति तय गरेको छ ।


…………………………….………………………….……….
राष्ट्रिय सहकारी बैंक लि.को १८औँ स्थापना दिवसको अवसरमा सहकारी सञ्जाल परिवार उक्त बैंकको उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

