आयाम साकोस , बनेपाले ग-यो वीमा रकम भुक्तानी

0 Shares

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ , बनेपा-चारदोबाटोमा रहेको आयाम बचत तथा ऋण सहकारी संस्था लि. ले यही साउन १७ गते शनिवार एक कार्यक्रमका वीच रु. ३६,००० को वीमा रकम विमितलाई हस्तान्तरण गरेको जनाएको छ । उक्त संस्थाका अध्यक्ष नवराज घोरसाइनेद्धारा विमित नरेन्द्रबहादुुर थापालाई सो रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।

सो संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सहकार्य गरेर आफ्ना शेयर सदस्य नरेन्द्रबहादुर थापाको रविन पशुपक्षी फारममा गाई पालनको लागि कर्जा लगानी गरेको छ । कोरोना भाइरस (कोभिड १९) को माहामारीको वीचमा गाईको मुत्यु भएकोले सो पश्चात क्षती वापतको वीमा रटम प्राप्त गर्दा आफूलाई अत्यन्तै खुशी लागेको वीमा रकम पाएपछि सोही अवसरमा विमित थापाले बताउनुभयो । उहाँले आयाम साकोस, युवा तथा साना ब्यवसायी स्वरोजगार कोष र राष्ट्रिय वीमा कम्पनी लि. समेतलाई मुक्तकण्ठले धन्यवाद ज्ञापन गर्नुभयो । त्यसैगरी सो कार्यक्रमको अध्यक्षता गर्नु भएका त्यसै  संस्थाका अध्यक्ष नवराज घोरसाइनेले युवा स्वरोजगार कोषले कर्जा लगानी पश्चात सम्बन्धित व्यवसायको वीमा सम्मको सुविधा प्रदान गर्दा ऋणी तथा यस सहकारी संस्था समेतले राहत महसुस गरेको भन्दै राष्ट्रिय वीमा कम्पनी लि.सँग सहकार्य गरेर युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले ऋणीहरुको सम्बन्धित ब्यवसायको वीमा गरे पश्चात मात्रै कर्जा लगानी गर्ने गरे अनुरुप विमित ऋणी नरेन्द्रबहादुर थापाको गाईको मृत्यु हुँदा उहाँलाई क्षतीपुुु्र्ति रकम हाम्रो यस संस्था मार्फत यो रकम हस्तान्तरण गरिएको बताउनुभयो ।

 

 

 

Leave a Reply