बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुलाई विकास , प्रवर्द्धन र सुशासनमा ल्याउने काम गर्दै छौँ ।

– उद्धव सापकोटा , अध्यक्ष , बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यही साउन १६ गते हेटौंडामा बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरे , बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष उद्धव सापकोटा र बागमती प्रदेश कृषि सहकारी संघ लि.का अध्यक्ष डिल्ली पाठकलाई ती संघहरुको दर्ता प्रमाण-पत्र प्रदान गर्नुभयो तर बागमती प्रदेश बहुउद्देश्यीय सहकारी संघ लि.को भने अलग-अलग सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको नामावली भएको दुई वटा फाइल बागमती प्रदेश सहकारी मन्त्रालय र सो मन्त्रालय अन्तर्गतको सहकारी विभागमा बुझाइएकोले बागमती प्रदेश बहुउद्देश्यीय सहकारी संघ लि.को दर्ता हुन नसकेको बताइएको छ ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को सञ्चालक समितिको अध्यक्ष : उद्धव सापकोटा , वरिष्ठ उपाध्यक्ष : प्रकाश श्रेष्ठ , महिला उपाध्यक्ष : राधा सिन्तान , महासचिव : जीवशराज खड्का , सचिव : कमलराज अधिकारी र कोषाध्यक्ष : टापबहादुर श्रेष्ठ तथा सदस्य : रामहरि के.सी. , इन्द्र घिमिरे , तेजेन्द्र खड्का , कृष्ण गोविन्द लाखाजु , ओमप्रसाद आचार्य , जगन्नाथ दाहाल , ठाकुरप्रसाद बासकोटा , देवी दुलाल , कृष्णहरि कोइराला प्रकाश बञ्जारा र प्रदीप थापा हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको संयोजक : केशवप्रसाद दंगाल एवं सदस्य : रमेश श्रेष्ठ र रमिला श्रेष्ठ हुनुहुन्छ । उक्त संघका अध्यक्ष उद्धव सापकोटा
सँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले आज समसामयिक विषयमा कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
.
……………………………………………………………….