नेफ्स्कून आफ्नो ३३औँ स्थापना दिवस मनाउने तयारी गर्दै छ ?

0 Shares

चन्द्रप्रसाद ढकाल , वरिष्ठ उपाध्यक्ष , नेफ्स्कून

 

 

 

 

आफ्नो ३३औँ स्थापना दिवस मनाउने तयारी गरिरहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(NEFSCUN) ले ४ वर्षे रणनीतिक योजना बनाएर त्यसको कार्यान्वयन शुरु गरेको सोही संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको भनाई छ । सो विषय सहितका समसामयिक विषयमा केन्द्रित रहेर उहाँ सँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।

१.  यतिबेला के गर्दै हुनुहुन्छ ?

~ सहकारी अभियानकै काममा जिल्लामा छु । अभियानकर्मी एवम् स्थानीय निकायसँग निरन्तर सहकारी अभियानका जल्दाबल्दा विषयहरुमा छलफल गर्नेे तथा  राय सुझाव संकलन गर्ने काममा छु । खासगरी कोभिड–१९ को महामारीले सहकारीी क्षेत्रमा पारेको प्रभावका विषयमा धरातलीय वस्तुस्थिति बुझ्ने र सहयोगको
उपायहरु खोजी गर्ने काममा लागिरहेको छु । जिल्लामा बसेर केन्द्रसँग  संयोजनकारीको भूमिकामा छु ।

२ . यतिबेला नेफ्स्कुन के गर्दै छ ?

~ नेफ्स्कून अहिले आफ्नो ३३ औं स्थापना दिवसको तयारीमा जुटेको छ । साउन ३२ गते नेफ्स्कून ३३ औं स्थापना दिवस मनाउँदैछ । यसपटक कोभिड महामारीका
कारण स्वास्थ्य सर्तकता र राज्यका निर्देशनहरु पालना गर्दै थोरै अभियानकर्मीहरुको सहभागितामा केन्द्रीय कार्यालय र फिल्डमा पनि सीमित सहभागिताका साथ मनाउने तयारी हुँदैछ ।

यस बाहेक राज्यका निकायहरुसँग सहकारी अभियानका विविध विषयमा बहस पैरवी जारी छ ।

३.  नेफस्कून स्थापना भएदेखि अहिलेसम्म यसले गरेका महत्वपूर्ण कार्यक्रम के हो जस्तो लाग्छ तपाईलाई ?

~ प्रथमतः यसको स्थापना नै सबैभन्दा महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ ।
राज्यले सहकारी ऐन जारी गर्नुअघि नेफ्स्कूनको जन्म भएको हो । यस अर्थमाा  नेफ्स्कून अघि राज्य पछिको स्थिति हो । राज्य भन्दा एक कदम अघि बढेर बचत
तथा ऋण सहकारी संघ संस्थाहरुको अभिभावक संघ आवश्यक छ भनेर स्थापना गर्नु नै ठूलो कुरा हो । यसको लागि संस्थापक अध्यक्ष स्वर्गीय भोजराज घिमिरे र
उहाँको साथमा रहनुभएका सहकारीकर्मीहरुको योगदान प्रशंसनीय छ ।
यसैगरी, नेफ्स्कूनले वित्तीय सहकारीहरु सञ्चालनका असल अन्तर्राष्ट्रिय अभ्यासहरु आन्तरिकीकरण गरी सदस्य संस्थाहरुलाई तद्अनुरुप विधिसम्मत्, इमान्दार, पारदर्शी र सुशासनका अभ्यास अनुरुप हिड्न सिकाएको छ । यो अरु   कसैले गरेको छैन भन्ने म दाबी गर्न सक्छु । नेफ्स्कून विश्व ऋण परिषद् ओकू र  एशियाली ऋण महासंघ अकूको सदस्य हो भने विश्वभर यो थुप्रै सञ्जालसँग जोडिएको केन्द्रीय संघ हो । यसले सहकारी संघ संस्थाहरुलाई निरन्तर तालिम, शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्नुका साथै गुणस्तर सुनिश्चितताका राष्ट्रिय अन्तर्राष्ट्रिय प्रमाणीकृत कार्यक्रमहरु एक्सेस, प्रोबेशन, कब्र्स आदिको सफल सञ्चालन गर्दै आएको सर्वविदितै छ । बचत तथा ऋण सहकारी अभियान आजको अवस्थामा आइपुग्नुमा नेफ्स्कूनको योगदान उल्लेख्य रहेको छ ।  सदस्य संस्थाहरुको सुख दुःखको सहयोगी  र मागर्दशक र निकाय बनेको छ नेफ्स्कून ।

४.   लकडाउनका कारण समस्यामा परेका आफू मातहतका सहकारी संघ संस्थाहरुलाई नेफ्स्कूनले कुनै सहयोग गर्दै छ कि ?

~ लकडाउन सुरु भएदेखि नै नेफ्स्कून निरन्तर देशभरका सदस्य संघ संस्थाहरुसँग भर्चुअल सम्पर्कमा रहँदै वित्तीय गैर-वित्तीय सेवा र सहयोग, राज्य र सरोकारवाला निकायहरुसँग बहस पैरवी गर्नुका साथै मार्गदर्शनहरु जारी गरी कार्यक्षेत्रमा खटिएको छ । सुरुमा कोभिड १९ को प्रयोगशाला परीक्षण केन्द्र स्थापनाका लागि  रु ५ लाख सहयोग ग-यौ । २०७६ चैत २६ गते सहकारी सेवा
व्यवस्थापन सम्बन्धी १९ बँदुेुेुेुे मार्गदर्शन जारी ग-यौं , जसमा महामारीमा सहकारी सञ्चालनका सम्भावित विधि, जनशक्ति व्यवस्थापन, सुशासन जस्ता विषयहरु समेटिएका थिए । महामारीमा बचत तथा ऋण सहकारी संस्था सञ्चालन निर्देशिका जारी ग-यौं, भर्चुअल बैठक सञ्चालन कार्यविधि समेत जारी ग-यौं भने स्वास्थ्य सचेतना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श आदिहरु विद्युुतीय माध्यमबाट श्रव्य सामाग्री बनाएर प्रसारण ग-यौं । सदस्य संघ संस्थाहरुको सहकार्यमा रु ५ करोड भन्दा बढीको नगद तथा जिन्सी राहत वितरण ग-यौं भने महामारीका समयमा व्यवसाय निरन्तरता योजना (बीसीपी) निर्माण, नयाँ आर्थिक वर्षको लागि योजना निर्माण जस्ता विषयमा सहजीकरण ग-यौं । यसैगरी, ओकु,

अकू जस्ता अन्तर्राष्ट्रिय सञ्जालहरुमार्फत अन्तर्राष्ट्रिय अभ्यासको आदान प्रदान पनि ग-यौं ।
लकडाउनको सुरुमा सदस्य संघ संस्थाहरु तरलता संकट आउने हो कि भनेेर सशंकित हनु भएको थियो। त्यसबेलामै
नेफ्स्कूनले तरलता संकट आइपरे त्यसको
समाधानका लागि नेफ्स्कून तयार रहेको आश्वस्त पारेका थियो  । यद्यपि, सोचे जस्तो भएन । सदस्यहरुले संस्थाहरुलाई एकदम बढी विश्वास गरेका कारण धेरेै जसो संस्थाहरुमा प-र्याप्त तरलता जम्मा भयो । त्यसपछि, लकडकाउन केही खुकुलो भएपछि अधिक तरलता बाहिरिने आशंका थियो, त्यो पनि देखिएन । यसले गर्दा तरलता संकटको कुनै समस्या छैन । केही स्थानमा त्यस्तो समस्या देखिएकोमा नेफ्स्कूनले सहयोग पु-याएको छ भने अहिले पनि हामी सदस्य संस्थाहरुको तरलता सम्बन्धी समस्या समाधानमा तयार रहेको बताउन चाहन्छौं । यसबाहेक नेफ्स्कूनले ऐक्यबद्धता कोषको रुपमा केन्द्रीय तरलता कोष स्थापनाको पहलकद्मी गरेको छ । यसका साथै भर्चुअल रुपमा पनि निरन्तर तालिम शिक्षाका कार्यक्रमहरु सञ्चालन गरेको छ भने प्रविधि स्तरोन्नतिका कार्यक्रमहरुमा पनि नेफ्स्कूनको सूचना प्राविधिकहरुले सहजिकरण गर्नुभएको छ ।

५.  यतिबेला नेफ्स्कूनको सदस्य  संख्या र कारोवार कति छ ?

.~ नेफ्स्कूनमा हाल ६३ जिल्ला संघमार्फत ५ हजार ५ सय साकोस र प्रत्यक्ष ३ हजार ८ सय ४५ गरी करिव ८ हजार साकोस सदस्य छन् । यसमा व्यक्तिगत सदस्य आबद्धता ३३ लाख भन्दा बढी पुगेको छ । यसका २७ फिल्ड कार्यालय छन् भने करिब १ सय ६० कर्मचारी यसमा कार्यरत छन् । साढे१७ अर्ब रुपैया पूँजी रहेको नेफ्स्कूनले १६ अर्ब बचत परिचालन गरेको छ भने रु. ८ अर्ब ऋण लगानी गरको छ ।

६.  नेफ्स्कूनको सञ्चालक टिम र व्यवस्थापन वीच असमझदारी भएकाले यसका उच्च तहका दुई जना कर्मचारीको बहिर्गमन भयो भन्ने सुनिन्छ नि ?

~बाहिर आएको जस्तो केही होइन । उहाँहरु दुवै
जनाले स्वेच्छाले छोड्नु भएको हो । यो संयोग मात्र मिल्न गएको हो । दुवै जनाको राजीनामाको कारण भिन्न- भिन्न परिस्थिति हो ।

७.   नेफ्स्कूनका अध्यक्ष नेतृत्वको स्थिरीकरण कोषले गति लिएन भन्ने सुनिन्छ नि ?

~ त्यस्तो होइन । अहिले पनि स्थिरीकरण कोष सञ्चालन समितिको बैठक भैरहेको छ । लकडाउनका कारण केही रोकिएपनि सदस्य संस्थाहरुबाट योगदानको काम भैरहेको  छ । भर्चुअल तयारी पनि अघि बढेको छ । कार्यविधि पारित भएर काम धमाधम अघि बढिरहेको छ ।

८. सहकारी सन्दर्भ व्याजदर पुनरावलोकन  गर्ने बारेमा छलफल भइरहेको सुनिन्छ । यस बारेमा नेफ्स्कूनको धारणा के छ ?

~सन्दर्भ व्याजदर पुनरावलोकनका लाागि सदस्य संघ संस्थाहरुबाट राय सुझाव माग गरेका थियौं । उत्साहजनक रुपमा सुझाव प्राप्त भएका छन्  । हाम्रो  व्यवस्थापनको टीमले पनि व्यापक छलफल गरेको छ । राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा सन्दर्भ व्याजदर अध्ययन गरी व्याजदर निर्धारण समितिलाई सुझाव दिन उप-समिति बनाएको छ, त्यसले पनि सघन छलफल गरिरहेको छ र चाँडै प्रतिवेदन बुझाउँदैछ । यसरी प्रक्रियागत आधारमा सबैका भावना समेट्ने गरी सन्दर्भ व्याजदर पुनरावलोकन हुन्छ भन्नेमा विश्वस्त तुल्याउन चाहन्छु।

९. भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयले बचत तथा ऋण सहकारी संस्थाहरुका लागि निर्देशिका जारी गरेको सुनिएको छ । यस बारे तपाईको धारणा के छ ?

~ म राजधानी बाहिर रहेकाले यस विषयमा धेरै बुझ्न पाएको छैन । समाचारमा केही कुराहरु आएको छ । असल नियतका साथ आएको सरकारी निर्देशन स्वागयोग्य कदम हुन्छ, थप कुरा त्यसको अध्ययन पछि भन्न सकिन्छ ।

१०. तपाई काठमाडौं उपत्यकामा भन्दा बाहिरतिर बढी क्रियाशील भएको देखिन्छ । काठमाडौं उपत्यका भित्र र बाहिरका सहकारी वीच के भिन्नता पाउनु भएको छ ?

~ हामी नेतृत्वमा बस्नेले राजधानी बाहिर र भित्र सबै सहकारीकर्मीहरुको भावनाको सम्मान गर्नुपर्दछ । तपाईले भने जस्तै म जिल्लामै बढी सक्रिय छु, त्यो सही हो । राजधानीमा भएको समय र बाहिर हुँदा सबै सहकारीकर्मीहरुको गतिविधिलाई मिहिन ढंगले नियालिरहेको हुन्छु । साँच्चिकै भन्ने हो भने बाहिर भएका सहकारी संस्थाहरु बढी समुदायमा घुलित हुनुहुन्छ, सहकारीको भावना, सिद्धान्त र मूल्य र मान्यतासँग नजिक हुनुहुन्छ । यसो भन्दै गर्दा राजधानीमा त्यस प्रकारको छैन भन्ने होइन तर तुलनात्मक रुपमा बाहिर ज्यादा छ भनेको हो । सहकारिताको असल अभ्यास राजधानी बाहिरका सहकारीहरुमा पाइन्छ, यो सत्य हो ।

११. सहकारी कर्जा सूचना केन्द्र सञ्चालनमा ल्याउन नेफ्स्कुनले के गर्दै छ ?

~ राष्ट्रिय सहकारी महसंघले यस विषयमा छलफल चलाएको छ । हाम्रो तर्फबाट सक्रिय सहभागिता भएको छ । यी सबै विषय अघि बढीरहेका छन् तर लकडाउनका कारण बाहिर नआएका मात्र हुन् । भित्र कामहरु भैरहेका छन् र स्थिति सहज हुने बित्तिकै बाहिर देखिने गरी परिणामहरु आउँछन् ।

१२. नेफ्स्कूनले छुट्टै साकोस ऐन निर्माणको पहल गरिरहेको थियो । यतिबेला यस बारे के भइरहेको छ ?

~ छुट्टै साकोस ऐनका लागि हाम्रो बहस पैरवी जारी छ । मन्त्रीज्यू लगायत सम्बद्ध सहकारी निकायका उच्च पदस्थ अधिकारीहरुसँग र सहकारी अनि साकोस
अभियानकाहरुसँग पनि यस बिषयमा बारम्बार छलफल भैरहेको छ । अभियानभित्र सबै सकारात्मक नै हुनुहुन्छ भन्ने बुझेको छु । यद्यपि, यसमा सरकारी पक्षको भूमिका बढी हुनु पर्दछ । हामी उहाँहरुलाई साकोस ऐनको आवश्यकता हिजो भन्दा आज बढ्दै गएको भन्ने सन्दर्भमा घच्घच्याइरहेका छौं ।

१३.  नेफ्स्कूनले ४ बर्षे रणनीतिक योजना बनाएको सुनिएको थियो , त्यसको कार्यान्वयन शुरु भयो ?

~ हो, नेफ्स्कूनले सन् २०२० देखि सन् २०२३ सम्मका लागि ४ वर्षे रणनीतिक योजना बनाएको छ । यो कार्यान्वयन सुरु भैसकेको छ । यसकै आधारमा नेफ्स्कून अब सञ्जाल विस्तार, आन्तरिक तथा बाह्य सुशासन, गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुको विस्तार, आधारशिला कार्यक्रमको सुरुवात, तालिम शिक्षामा थप
उचाई हासिल गर्ने प्रतिबद्धताका साथ अघि बढेको छ ।

Leave a Reply