राधाकृष्ण साकोस, बनेपाको १३औँ वार्षिक साधारणसभा सम्पन्न

0 Shares

काभ्रेपलाञ्चोकको बनेपामा रहेको राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. को १३औँ वार्षिक साधारणसभा बनेपामा र सो संस्थाको भकुण्डेबेशीं सेवाकेन्द्रको १३औँ क्षेत्रीय वार्षिक साधारणसभा यही साउन २४ गते भकुण्डेवेशीं, काभ्रेपलाञ्चोकमा सम्पन्न भयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(COVID-19) जोखिमप्रति सतर्कता अपनाएर सामाजिक दुरी कायम गरी सम्पन्न भएको भकुण्डेबेशीं सेवाकेन्द्रको सो साधारणसभामा सोही संस्थाका उत्कृष्ट वाल बचतकर्ता कृयुष सोजु , उत्कृष्ट नारी बचतकर्ता सलिना सापकोटा , उत्कृष्ट बचतकर्ता गंगादखस श्रेष्ठ, उत्कृष्ट असल ऋणी पेमा लामा तथा उत्कृष्ठ कर्मचारी संगीता रेग्मीलाई सम्मान गरिएको थियो । संस्थाका सम्पूर्ण शेयर सदस्यहरुको उपस्थिति रहेको त्यस साधारणसभामा संस्थालाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

यसैगरी  कोरोना भाइरस(COVID-19) जोखिमबाट सतर्क रही सामाजिक दुरी कायम गरी सो संस्थाको काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का काेषाध्यक्ष जितेन्द्र नकर्मीको प्रमुख आतिथ्यमा शान्तिपूर्ण र भव्य रुपमा  सम्पन्न भयो ।
 त्यस सस्थाका शेयर सदस्यहरूको उपस्थितिमा सम्पन्न उक्त साधारणसभाबाट उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट असल ऋणी, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट नारी बचतकर्ता र उत्कृष्ट  जेष्ठ नागरिक बचतकर्तालाई सम्मान गर्नुका साथै उक्त संस्थालाई  हरपल सहयोग गर्नु हुने शेयर सदस्यहरुलाई प्रोत्साहन स्वरुप: प्रशंसा- प्रत्र प्रदान गरिएको थियो।
……………………………………………………………….

 

 

Leave a Reply