सहकारी संघ संस्थाको साधारणसभा अझै अन्यौलमा , सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघमा नेफ्स्कूनले बुझायो साधारणसभाको नमुना कार्यविधि

0 Shares

नयाँ आर्थिक वर्ष शुरु भएको २ महिना बित्न लागेको छ तर यसबेला सम्म सहकारी संघ संस्थाको वार्षिक साधारणसभा कोरोना महामारीका वीचमा कसरी सम्पन्न गर्ने भन्ने अन्यौल कायमै छ । सहकारी ऐन , २०७४ मा आर्थिक वर्ष शुरु भएको ६ महिनाभित्र सहकारी संघ संस्थाको वार्षिक साधारणसभा भई सक्नु पर्ने उल्लेख छ तर कोरोना कहरका कारण राज्यलै मानिसहरुहरु भेला हुन , सभा सम्मेलन गर्न प्रतिबन्ध लगाएको छ । यसै वीच नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डे र राष्ट्रिय सहकारी महसंघ लिमिटेड, नेपालकी वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्ललाई
सहकारी संघ संस्थाको वार्षिक साधारणसभाको नमुना कार्यविधि बुझाएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालबाट सो कार्यविधि ग्रहण गर्दै सहकारी विभागका रजिष्टार डा. पाण्डेले सहकारी संघ संस्थाहरुले लेखा परीक्षण गरी सक्नुस् , हामी सहकारु संघ संस्थाको वार्षिक साधारणसभा बारे छलफल गरिरहेका छौं भन्नूभयो ।
यसैगरी नेफ्स्कूनका अध्यक्ष पौड्यालबाट उक्त कार्यविधि बुझ्दै राष्ट्रिय सहकारी महासंघ लि., नेपालकी वरिष्ठ उपाध्यक्ष मल्लले यो कार्यविधिमा उल्लेखित विषय सकारात्मक भएकोले यही अनुरुप सहकारी विभाग सँग आफूहरुले छलफल गर्ने बताउनु भयो ।
यता काठमाडौं उपत्यकामा निशेध आज्ञा खुकुलो भएपनि धेरै संहकारी संस्था आज पनि बन्द नै देखिन्थे । खुलेका भएका सहकारी संस्थाहरु पनि छोटो समयमा नै बन्द भएका थिए ।

१ पालिका भित्रको एउटा सहकारी संस्था मात्रै रोज्नु पर्ने

१ नं. प्रदेश सहकारी रजिष्टार कार्यालय , इटहरीले एक व्यक्तिले १ स्थानीय तह भित्रको एउटा मात्रै सहकारी संस्था रोज्नु पर्ने जनाएको छ ।

………………………………….

Leave a Reply