राज्यले सहकारी ऐन/ नियमावलीको मर्म र भावना अनुसार सहकारी सन्दर्भ व्याजदर लागू गरेको छैन
-डा. ज्ञानेन्द्रप्रसाद पौडेल , सहकारी विज्ञ तथा सल्लाहकार , राष्ट्रिय सहकारी विकास बोर्ड
सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेल सहकारी विषयमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुनुहुन्छ । सहकारी क्षेत्रको विकास र प्रवर्द्धनका लागि निरन्तर क्रियाशील डा. पौडेल राष्ट्रिय सहकारी विकास बोर्डका सल्लाहकार ,नेपाली काँग्रेस – वित्तीय तथा सहकारी संस्था समन्वय विभागका केन्द्रीय सदस्य र सहकारी अनुसन्धान तथा अध्ययन केन्द्र , नेपालका अध्यक्ष हुनुहुन्छ । उहाले राम्रो सहकारी व्यवसायी तथा कुशल सहकारी व्यवस्थापक निर्माण गर्ने ढंगबाट सहकारी विषयको विश्वविद्यालयहरुमा पाठ्यक्रम निर्माण गर्नू पर्ने बताउनु भएको छ । सो कुरा उहाँले सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग कुराकानी गर्ने क्रममा बताउनु भएको हो । समसामयिक विषयमा उहाँ सँग गरिएको कुराकानी यस प्रकार छ ।
…………………………..………

