आफ्ना शेयर सदस्यहरुलाई प्रविधिमैत्री बनाउदै नेरु गुरु साकोस

0 Shares

काठमाडौंको भोटिहिटीमा मुख्य कार्यालय रहेको नेजु गुरु बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुका लागि नयाँ प्रविधिको प्रयोग गरी सेवालाई छिटोछरितो बनाउँदै लगेको जनाएको छ । ‘उत्कृष्ट सेवा दिदै आएको यस सहकारी संस्थाले सदस्यहरुलाई प्रविधिमैत्री बनाउँदै प्रविधिको भरपूर उपभोगमा संस्थाले जोड दिएको बताउदै एस.एम.एस. बैकिङ्गको सुबिधाको साथै मोवाईल बैकिङ्गबाट सजिलै जुनसुकै बैंकबाट संस्थामा भएको खातामा रकम ट्रान्सफर, संस्थाबाट जुनसुकै बैंकमा रकम ट्रान्सफर, वालेटलोड, लोड फन्ट, क्रेडिट कार्ड पेमेन्ट, खानेपानी र विजुलीको विल भुक्तानी , इन्टरनेटको विल भुक्तानी, टिभीको विल भुक्तानी, इन्सुरेन्सको भुक्तानी, हवाई टिकट, सिनेमाको टिकट, व्यालेन्स जानकारी, ऋणको जानकारीलगायतका सेवा नेजु गुरु एम बैंकबाट दिँदै आएको छ, साथै यसले चाडै नै शेयर खरीदको भुक्तनी, ए. टी. एम. कार्ड बिना नै ए. टी. एम. बाट रकम निकाल्ने, आई. पी. ओ. मा लगानीको भुक्तानी लगायत अन्य सेवा थप हुने’ संस्थाका कार्यकरी प्रमुख रामकृष्ण श्रेष्ठले बताउनु भयो ।

कोभिड–१९ ले पारेको प्रभावसँगै सदस्यहरुले सामाजिक दुरी कायम गर्दै कारोवार गर्नु पर्ने भएको हुँदा संस्थाको कार्यालयमा भीडभाड नगर्न नेपाल सरकारको निर्देशनलाई मान्दै गरिरहेको कारोवारलाई प्रबिधीमैत्री गराई डिजिटल कारोवारलाई प्रोत्साहन गरिएको संस्थाका कार्यकरी प्रमुख श्रेष्ठको भनाई छ । ‘नेजु गुरु साकोसले सदस्यहरुलाई छिटो र छरितो कार्य सम्पादनका लागि चेकलेस कारोवार सुरु गरेको छ । चेक नहुँदा नेजु गुरु मोबाईल बैकिङ्ग एप प्रयोग गरी काउण्टरमा रहेको क्युआर कोड स्क्यान गरेर वा बजार प्रतिनिधिहरुसंग भएको क्यु आर स्क्यान गरेर सदस्यहरुले नगद लिन सक्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ । ‘क्युआर कोड स्क्यान गरी दिनमा रु. १ लाख र प्रतिमहिना रु.१० लाख रुपैयाँसम्म नगद निकाल्न सकिने छ । स्क्यान एण्ड विथड्र खाताबाट रकम झिक्ने नयाँ तरिकाले सदस्यहरुलाई सहज र छिटो हुने छ’ त्यसै संस्थाको कथन छ ।

 

Leave a Reply