सामूहिक साकोसको २३औं स्थापना दिवस कार्यक्रममा सामूहिक साकोस र कल्याण साकोस वीच एकीकरण घोषणा

0 Shares

सामूहिक बचत तथा ऋण सहकारी संस्था लि., बोलाछें,भक्तपुरले २०७७ असोज २३ गते कार्यक्रम गरी आफ्नो २३औं  स्थापना दिवस मनाइएको छ । संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको अध्यक्षता  तथा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कल्याण बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुरसंग एकीकरण गर्ने सहमतीको घोषणा  गरिएको थियो । सो संस्थाका सचिव कृष्णहरि सैजुले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष राजाभाइ भेलेले  स्वातगत गर्नुभएको थियो । सोही संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक निन्यनाथ श्रेष्ठले आजको दिनमा सानो र सुुन्दर संस्था भन्दा पनि ठूलो र बलियो संस्थाले मात्र आफ्नो पहिचान बनाउन सक्ने हुँदा एकीकरण त्यसको एक मात्र विकल्प रहेको बताउनुभयो । त्यस्तैगरी त्यसै संस्थाका संस्थापक अध्यक्ष श्यमाप्रसाद मुनंकर्मीले निश्वार्थ रुपमा गरिएको जुनसुकै कामको पनि राम्रो परिणाम आउने भन्दै सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को स्थापनाकाललाई सम्झाउनु भयो । सो अवसरमा कल्याण बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष गंगाप्रसाद ख्याजुले सदस्यले पाउने वित्तीय सेवाको गुणस्तर बुद्धि गर्न अहिलेको अवस्थामा संस्था एकीकरण अपरिहार्य र अनिवार्य रहेको बताउनुभयो । त्यस अवसरमा प्रमुख अतिथि कृष्ण गोविन्द लाखाजुले सहकारी संस्थाहरु सहकारी मूल्य , मान्यता, ऐन नियम तथा समुदायमा आधारित भएर सञ्चालन हुर्नु पर्नेमा जोड दिँदै सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. पनि त्यस मध्यकै एक संस्था भएको बताउनुभयो । उहाँँले कोरोना भाइरसको अशरले सदस्यमा परेको आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक अशरले संस्थाको वित्तीय व्यवस्थापनमा पनि प्रत्यक्ष प्रभाव पर्ने भएकोले त्यस प्रकारको चुनौती सामना गर्नको लागि अग्रिम तयारी गर्नु पर्ने खाँँचो औंल्याउदै संस्था एकीकरण गर्दा सबैजना भावनात्मक रुपमा पनि एक हुनुपर्नेमा  जोड दिनुभयो । त्यसै संस्थाका अध्यक्ष धनेशराज राजोपाध्याय र कल्याण बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष गंगाप्रसाद ख्याजुबाट संयुक्त रुपमा सम्झौता-पत्रमा हस्ताक्षर गरी ती दुई संस्था वीच एकीकरण गर्ने सहमतीलाई मूर्तरुप दिनु भएको थियो । सोही अवसरमा उक्त कार्यक्रमका अध्यक्ष धनेशराज राजोपाध्यायले यस सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. ले गत वर्ष पनि दुइवटा संस्थासंग एकीकरण गरेको र आजबाट कल्याण बचत तथा ऋण सहकारी संस्था लि. पनि सहकारी एकीकरण अभियानमा हातेमालो गर्न आएकोले सहकारी अभियानलाई अगाडि बढाउन अझ उर्जा मिलेको बताउनु भयो । कार्यक्रममा त्यस संस्थाको  सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति तथा विभिन्न उपसमितिका पदाधिकारी र सदस्यहरु , सल्लाहकार तथा कर्मचारीहरु एवं कल्याण बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालकहरुको उपस्थिति रहेको थियो । भौतिक दुरी कायम गरी गरी सञ्चालन गरिएको सो कार्यक्रममा  ६६ जनाको उपस्थिति रहेको संस्थाका व्यवस्थापक कविन्द्र धौबञ्जारको भनाई छ ।

 

Leave a Reply