पाँचतारा साकोसको १३औँ वार्षिक साधारणसभा सम्पन्न , निकट भविष्यमा एससीटी नेटवर्क मार्फत एटीएम सेवा सञ्चालन गरिने

0 Shares

काठमाडौं महानगरपालिका-३२, पुरानो सिनामंगल (पेप्सीकोला) स्थित सहकारी चोकमा आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष भोलानाथ पाठकको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा यही असोज २४ गते  प्रविधिको प्रयोग मार्फत सम्पन्न भयो । त्यस अवसरमा  मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि पौड्यालले  कोरोना महामारीको यस्तो विषम परिस्थितिमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्रियाकलाप सञ्चालन गर्दै अगाडि बढिरहेको पाँचतारा साकोस प्रगतिपथमा अगाडि बढिरहेको देख्ता खुशी लागेको बताउनुभयो । उहाँले सहकारी संघ /संस्थाहरुले  डिजिटलाइजेसन र सर्भिसटाइजेशनमा जानु पर्ने आवश्यकता औंल्याउनुभयो । सहकारी ऐन संशोधन गर्न राज्यले सहमती जनाएको उल्लेख गर्दै उहाँले कोभिड-१९ को महामारीको जोखिमको बेलामा सरकारले ऐन/ नियम कार्यान्वयनमा लचकता अपनाउनु पर्नेमा जोड दिनुभयो ।

उक्त साधारणसभाको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष पाठकले कोभिड-१९ जस्तो अदृश्य भाइरसको जोखिमका कारण शेयर  सदस्यहरुको भौतिक अनुपस्थितिमा यस संस्थाको १३औं वार्षिक साधारणसभा गर्नु पर्दा खल्लो महसुस भएको छ भन्नुभयो । कोरोना महामारी यस्तो असहज परिस्थिमा पनि यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई राम्रो सँग नियमित सेवा प्रवाह गरिरहेको छ भन्दै स्मार्ट मोवाइल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हाम्रो यस संस्थाले निकट भविष्यमा एससीटी नेटवर्क मार्फत एटीएम सेवा सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो । कृषि तथा उद्यमी कर्जा सहुलियत दरमा लगानी गर्ने योजना अगाडि बढाएको यो संस्थाले प्राकृतिक विपत्ती आउदा त्यसलाई व्यवस्थापन गर्ने उद्देश्यले  स्थापना गरेको विपद व्यवस्थापन कोषमा रु.७,०७,९१६ जम्मा भएको उहाँको भनाई थियो । यस संस्थाका कर्मचारीहरुको सक्रियता र शेयर सदस्यहरुको सहयोगका कारण निरन्तर प्रगति गरिरहेको यस संस्थाले उद्यमशीलता विकासका उद्देश्ययले उद्यम विकास खाता सञ्चालनमा ल्याएको उहाँको कथन थियो  ।

सोही अवसरमा त्यसै संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७६/७७ मा यस संस्थाको शेयर पूँजी रु. ६,३२,२८,००० , निक्षेप संकलन रु. ४१, ६६,८७,०००  , कर्जा लगानी रु. ४६ ,०१, २४,००० , कूल कारोवार रु.५९,०८,७०,००० र खुद मुनाफा रु.२,६२,१५,००० रहेको बताउनुभयो । आर्थिक वर्ष २०७५/०७६ भन्दा आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थाको खुद मुनाफा रु.६९,०६,००० बढी रहेको र बचतमा ४० प्रतिशत र ऋणमा ६० प्रतिशत योगदान रहने गरी संरक्षित पूँजी फिर्ता कोषको रकम फिर्ता गर्नु पर्ने कानुनी व्यवस्था रहेपनि यस संस्थाले संरक्षित पूँजी फिर्ता कोष सम्बन्धी कार्यविधि बनाई नसकेकोले शेयर पूँजीको अनुपातको आधारमा सक्रिय शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाड गरिने उहाँको भनाई थियो ।

सोही संस्थाका सञ्चालक समिति सदस्य हरिवंश कडेरियाले सञ्चालन गर्नु भएको त्यस साधारणसभामा निजामती कर्मचारी यूनियनका अध्यक्ष भोला पोखरेल र त्यसै संस्थाका कानुनी सल्लाहकार छविरमण निरौलाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Leave a Reply