गाम्चा साकोस , गाम्चाको १२औँ वार्षिक साधारणसभा सम्पन्न, आ.व. २०७६/०७७ मा सो संस्थाको शेयर सदस्य संख्या २,८२२

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, गाम्चा चोकमा आफ्नै ०-७-२-० जग्गामा बनेको ४ तले बहुउद्देश्यीय सुविधा सम्पन्न भवनबाट २०७७ भदौ १ गतेबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को १२औँ वार्षिक साधारणसभा २०७७ असोज २४ गते आधुनिक प्रविधिको माध्यमबाट सम्पन्न भयो । सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम थापाको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष विकाश खड्काको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भयो । त्यस अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि थापाले  गाम्चा साकोसले बचत तथा ऋण कारोवार मार्फत आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले कार्य गरिहेको र यो संस्थाले छोटो समयमा राम्रो प्रगति गरेको आफूले अनुभूति गरिरहेको बताउनुभयो ।  उहाँले समृद्धिको आधार बनेको सहकारी क्षेत्रको विकास र प्रवर्द्धनका लागि आफूले सक्तो प्रयाश गर्ने बताउनुभयो । सोही अवसरमा त्यसै संस्थाका अध्यक्ष खड्काले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. हुनेखानेहरुको पैसा हुँदा खाने कृषकहरुमा पु-याई सहकारी गाउँ र सहकारी व्यवसायको माध्यमबाट आत्मनिर्भर समाज निर्माण गर्नु , विशेषत:महिलालाई सम्लग्न गराई स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्य अनुरुप अगाडि बढिरहेको र यस संस्थालाई विश्वास गरी शेयर सदस्हयरुले गरिरहनु भएको सहयोग तथा कर्मचारीहरुको योगदानका कारण यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो । कोरोना कहरका कारण शेयर सदस्यहरुको भौतिक उपस्थिति विना प्रविधिको सहारा लिएर यो साधारणसभा गर्नु पर्दा खल्लो लागेको उहाँको भनाई थियो । सोही अवसरमा उक्त संस्थाका सचिव विदुर खड्काले वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष सुशिल खड्काले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सविता भट्टराईले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । सो संस्थाका उपाध्यक्ष देवलाल राजथलाले स्वागत मन्तव्य र सचिव विदुर खड्काले सञ्चालन गर्नु भ उक्त साधारणसभाले छलफल गरी सबै प्रतिवेदन पारित गरेको थियो । पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा सो संस्थामा महिला १,६७८ र  पुरुष १,१४४ गरी शेयर सदस्य संख्या २,८२२ ,शेयर रकम रु.२,१३,३९,९००, लघुवित्त समूह संख्या ४० , निक्षेप संकलन रु.११,९१,२०,१५३/८४ र लगानी रु.१२,७५,०४,१४६/०२ रहेको उल्लेख छ ‌। त्यस अवसरमा सो संस्थाको तर्फबाट श्री अरनिको उ.मा.वि. , गाम्चा , भक्तपुरलाई छात्रवृत्ति स्वरुप: रु.१०,००० प्रदान गरिएको थियो । त्यसैगरी अष्ट्रेलियामा बसोबास गरिरहनु भएका सोही संस्थाका शेयर सदस्य विनोद खड्काले प्रदान गर्नु भएको रु.३०,००० त्यसै संस्थाका गरिव तथा विपन्न शेयर सदस्यका छोराछोरीलाई प्रदान गरिएको उक्त संस्थाकी व्यवस्थापक निता अधिकारीको भनाई छ ।

 

Leave a Reply