जनता साकोस चित्रपुरका ३१ जना शेयर सदस्यले सुपथ मुल्यको जनता स्टोर सञ्चालन गर्दै
भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लि.का ३१ जना शेयर सदस्यले सुपथ मुल्यको जनता स्टोर सञ्चालन गरिरहेका छन् । चित्रपुरमा सुपथ मूल्यको जनता स्टोर सञ्चालन गर्ने ती शेयर सदस्यहरु चित्रपुरकै स्थानीय बासी रहेको बताइएको छ । प्रति व्यक्ति रु.५० हजारका दरले रु.,१५,५०,००० पूँजीबाट २०७७ भदौ ७ गतेबाट सञ्चालन शुरु गरिएको सो स्टोरमा हाल २ जना कर्मचारी कार्यरत छन् । सुपथ मुल्यमा खाद्य सामाग्री विक्री वितरण गरिदै आएको सो स्टोरमा सामान खरीदका लागि स्थानीयबासीहरुको उल्लेख्य सहभागिता रहदै आएको त्यस स्टोरको भनाई छ । 




स्टोरमा बर्षभरीमा रु.१०,००० भन्दा बढी मुल्यको सामाग्री खरीद गरेमा सम्बन्धित व्यक्तिललाई उक्त स्टोरको नाफाको १० प्रतिशत प्रदान गर्ने योजना रहेको उक्त स्टोरले बताएको छ । त्यभस जनता स्टोरलाई जनता बचत तथा ऋण सहकारी संस्था लि., सु.व.पा.-४, चित्रपुर, भक्तपुरको पनि वित्तीय सहयोग रहने सोही संस्थाका व्यवस्थापक रेशमान राजथलाको भनाई छ ।

