काठमाडौंको कीर्तिपुरमा सञ्चालन भइरहेका दर्शन बचत तथा ऋण सहकारी संस्था लि. र स्वनित्य बचत तथा ऋण सहकारी संस्था लि. बीच एकिकरण हुने भएको छ । जिल्ला सहकारी संघ लि.,काठमाडौंका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक ज्ञानबहादुर तामाङको पहलमा दर्शन बचत तथा ऋण सहकारी संस्था लि. काे नव निर्मित भवनमा एक कार्यक्रममा ती दुई संस्थाबीच एकीकरण गर्ने सहमतीको घोषणा गरिएको हो ।
मदर्शन बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष दिनेश दर्शनधारी र स्वनित्य बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष तारा तुलाधरले यही मंगलबार संयुक्त रुपमा सम्झौता-पत्र हस्ताक्षर गरी दुई संस्था वीचको एकीकरणलाई मूर्त रुप दिनु भएको थियो ।
््््््््््््््््््््््््

दर्शन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दर्शनधारीले दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले अरु केही सहकारी संस्थासँग पनि एकीकरणकाे लागि छलफल भइ गरिरहेकाे र सहकारी एकीकरण अभियानमा हातेमालो गर्न आउने अन्य सम्पुर्ण सहकारीलाई समेत स्वागत गर्ने बताउनुभयाे ।
एकीकरण सहमती पछि प्रफुल्लित दर्शन बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत सुवर्ण महर्जन खुसी साट्नुहुन्छ–“राज्यले चालु आर्थिक वर्षको बजेटमार्फत अंगीकार गरेको सहकारी एकीकरणको नीतिलाई आत्मसाथ गर्ने र सहकारीप्रतिको सबैकाे विश्वासको क्षेत्रफललाई फराकिलो बनाउँदै लैजाने दर्शन साकाेसकाे चाहनालाई मुर्तरुप दिन सफल भएका छौं । आगामी मंसिर महिनाभित्र नै एकीकरण गरी एकीकृत कारोबार सञ्चालन गर्छौ ।”
ती दुई संस्था वीच एकीकरण पछि संस्थाकाे नाम दर्शन बचत तथा ऋण सहकारी संस्था लि. नै राख्नुका साथै सोही संस्थाको विद्यमान विनियम, नीति र कार्यविधि अनुरुप अघि बढ्ने र हाल स्वनित्य बचत तथा ऋण सहकारी संस्था लि. काे काठमाडौंको नयाँ बजार स्थित कार्यालयलाई स्वनित्य सेवा केन्द्रकाे रुपमा विस्तार गर्ने सहमती भएको जनाइएको छ ।
सो अवसरमा स्वनित्य बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष तारा तुलाधरले सदस्यले पाउने वित्तीय सेवाको गुणस्तर बृद्धि गर्न अहिलेको अवस्थामा संस्था एकीकरण अपरिहार्य र अनिवार्य रहेको बताउदै दर्शन जस्ताे आफ्नै सुबिधा सम्पन्न भवन भएकाे र हरेक काेणबाट सवल र सक्षम सहकारीसँग आफ्नाे संस्था मर्ज हुन पाउँदा खुसी लागेकाे बताउनुभयाे ।
यसैबीच कीर्तिपुर न.पा.- ९ ,नगाउँमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लि.को नवनिर्मित आफ्नै ४ तले भवनबाट निकट भविष्यमा कारोबार शुरु गर्ने जनाइएकाे छ । ‘भवनको सम्पूर्ण तयारी भैसकेकाे र लिफ्टकाे काम पनि केही दिन भित्रै सकिने भएकाेले यहीं दशैं पछि सञ्चालनमा आउने’ सोही संस्थाका सल्लाहकार रीता श्रेष्ठले भनाई छ । ३० महिनाको अवधिमा तयार गरिएको र करिब ४.५ करोड रुपैयाको कुल लगानीमा निर्मित भवनमा लिफ्टसहित अत्याधुनिक सुविधा र सुरक्षा प्रविधि जडान गरिएको जनाइएको छ ।

