जागरण साकोस, मक्राञ्चुलीको २२औं वार्षिक साधारणसभा सम्पन्न , कल्पना श्रेष्ठ पुन: अध्यक्ष चयन

0 Shares

 सहकारी विभागबाट जारी निर्देशनको पालना गर्दै २०७७ असोज १९ गतेबाट शुरु भएको मकवानपुरको मकवानपुर गढी गाउँपालिका-३, मक्राञ्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्था संस्था लि.को २२औं वार्षिक साधारणसभा तथा ९औं अधिवेशन हिजो सम्पन्न भएको छ । सो साधारणसभाको अध्यक्षता गर्दै त्यसै संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले  शेयर सदस्यहरुको सहयोग र सञ्कचालक समितिको सक्रियता र कर्मचारीहरुको खटाइईका कारण कोरोना महामारीका वीचमा पनि हाम्रो यो संस्था प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो । उक्त साधारणसभा तथा ९औं अधिवेशनले कल्पना श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा पुन चयन गरेको छ । सञ्चालक समितिको  उपाध्यक्षमा भगवती घिमिरे, सचिवमा सरिता बराईली र कोषाध्यक्षमा सुमित्रा दुलाल तथा सदस्यमा सविता चौलागाई , शोभा आचार्य , दुर्गा भोलन, वीरेन्द्रमान गोले र बिक्रम योञ्जन हुनुहुन्छ भने  लेखा सुपरीवेक्षण समिति संयोजकमा धन लामा तथा सदस्यमा राजकुमार दुलाल र मीना दर्जी चुनिनु भएको छ ।

 

Leave a Reply