नयाँ शाखा स्थापनाको तयारी गर्दै राष्ट्रिय सहकारी बैंक लि.
मुख्य कार्यालय सहित ४४ वटा शाखा मार्फत वित्तीय कारोवार सञ्चालन गरिरहेको राष्ट्रिय सहकारी बैंक लि. ले थप २४ वटा शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताएको छ । ‘कोभिड-१९ को कारण नयाँ शाखा सञ्चालन शुभारम्भ गर्न ढिला हुन गएको हो तर शाखा सञ्चालनको तयारीको कार्य भने भइरहेको छ , अवस्था अनुकूल भयो भने सम्भवत: दशैं पछि २/४ वटा शाखा सञ्चालनमा आउछन्’ सो बैंक स्रोतले भन्यो ।
२०७७ असोज २० गते राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेल , नि:वर्तमान अध्यक्ष केशवप्रसाद बडाल र पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटा र लेखा सुपरीवेक्षण समिति संयोजक धर्मदत्त देवकोटा , नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाई, , पूर्व राजदूत प्रा.डा. विशम्भर प्याकुरेल र भागवत श्रेष्ठ उक्त बैंकको सल्लाहकारमा नियुक हुनु भएको छ । उक्त बैंकका बर्तमान अध्यक्ष के.बी. उप्रेती भन्दा अगाडि राजेशहरि जोशी , रमेशप्रसाद पोखरेलले उक्त बैंकको नेतृत्व गरी सक्नु भएको छ । सोही बैंकमा १५ सदस्यीय सञ्चालक समिति , ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति र ९ जना सल्लाहकार रहने व्यवस्था छ । २०७७ असार मसान्तसम्म त्यस बैंकमा १२ हजार भन्दा बढी सदस्य , रु.२ अर्व ३९ करोड जति शेर पूँजी , रु.५१ अर्व ७४ करोड जति निक्षेप रकम र रु.२४ अर्व ३९ करोड जति कर्जा लगानी रहेको जनाइएको छ ।

