शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.को १०औं वार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा विष्ट

0 Shares

काठमाडौंको प्युखा न्युरोडमा मुख्य कार्यालय तथा काठमाडौंको कालीमाटी , सामाखुशी , हात्तीगौंडा , चावहिल , कोटेश्वर तिनकुने र ललितपुरको लगनखेलमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.को १०औं वार्षिक साधारणसभा २०७७ असोज २४ देखि कार्तिक १ गतेसम्म सोही संस्थाका अध्यक्ष नीरहरि प्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भयो । सरकारद्वारा जारी गरिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सम्पन्न सो साधारणसभाले ४ वर्षे कार्यकाल रहने गरी उक्त संस्थाका यस अघिका कार्यकारी प्रमुख नरेन्द्र विष्टको अध्यक्षतामा नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा आनन्दकुमार राउत, सचिवमा जीवनराज ओझा र कोषाध्यक्षमा दीपेन्द्र कुमार श्रेष्ठ तथा सदस्यमा नीरहरि प्रसाद उपाध्याय , महेश खड्का केसी र अर्जुनकुमार विश्वकर्मा हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा लक्ष्मण शर्मा तथा सदस्यमा देवप्रसाद घिमिरे र पम्फा कार्की चयन हुनु भएको छ ।

स्थापना भएको छोटो समयाबधिमा सहकारी क्षेत्रमा सो संस्थाले आफ्नो बैग्लै पहिचान बनाएको छ । उक्त संस्थाले आफ्नो भवन निर्माण गर्ने , अन्तर- प्रदेश र ग्रामिण क्षेत्रमा कार्यक्षेत्र विस्तार गर्ने , आफ्ना शेयर सदस्यहरुको सुविधालाई ध्यान दिएर सेवा केन्द्र थप गर्ने , पूँजी , प्रविधि र सीपको अन्तर्राष्ट्रिय अभ्यासलाई संस्थामा भित्र्याई सदस्यहरुलाई दीगो , सवल र थप गुणस्तरीय सेवा प्रवाह गर्ने , नीति , विधि र कार्यविधि बनाई संस्थालाई अझै सुशासनयुक्त बनाउने , संस्थाको शेयरपूँजी तथा कोषहरु रु.१५ करोड भन्दा माथि पु-याई कूल कारोवार रु.५ अर्ब नघाउने ,संस्थाको व्यवसाय विभाग बनाई रु. २ अर्व बराबर ऋण व्यवसाय प्रवर्द्धनमा  लगानी गर्ने , संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको रुची र क्षमता अनुसार कामको बाँडफाड गरी सोही अनुसार नेतृत्व दिने , सदस्य सहभागिता बृद्धी गरी संस्थाप्रति सदस्यहरुको अपनत्व हुने गरी काम गर्ने  , संस्थामा कार्यरत कर्मचारीहरुलाई सहुलियत कर्जा उपलब्ध  गराउने, संस्थाको छुट्टै सेलिङ पोर्टल बनाई अनलाई बिजनेस शुरु गर्ने र समुदायप्रति उत्तरदायी भई विभिन्न सामाजिक क्रियाकलाप गरी सदस्य र समुदाय थप लाभान्वित हुने गरी कार्य गरी राष्ट्रिय स्तरमा संस्थाको छुट्टै छवि निर्माण हुने गरी कार्य गर्ने विष्ट नेतृत्वको नवनिर्वाचित सञ्चालक समितिले ४ वर्षे रणनीतिक योजना बनाएको जनाइएको छ ।

Leave a Reply