आफ्नै भवनबाट वित्तीय सेवा प्रवाह गर्दै शुभप्रभात साकोस, राम्चे

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नै आधुनिक सुविधा सम्पन्न भवनबाट आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्न थालेको छ । बाह्रविसे नगरपालिकाको राम्चेमा रु.५३ लाखमा खरीद गरिएको जग्गामा रु.७५ लाख लगानीमा निर्माण भएको आफ्नै भवनबाट सो संस्था सञ्चालन हुन थालेपछि त्यस प्रति स्थानीयबासीहरुको आकर्षण बढेको देखिएको छ । बाह्रविसे नगरपालिकाका मेयर निफुञ्जो शेर्पाले सिलन्यास गर्नु भएको उक्त भवनको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यही कार्तिक २ गते रिवन काटेर उद्घाटन गर्नु भझएको थियो ।
२०६५ असार १ गते ८२ जना शेयर सदस्यहरुले मासिक रु.२ हजार स्रोत संकलन गरी स्थापना गरिएको त्यस सहकारी संस्थामा ़़४ हजार भन्दा बढी शेयर सदस्य रहनुका साथै आर्थिक वर्ष २०७६/०७७ को अन्तसम्ममा सोही संस्थामा रु. ४३ करोड पूँजी संकलन भएको जनाइएको छ । कृषि , व्यापार , पुनर्निमाण , हायर पर्चेज लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्दै आएको सो संस्था सिन्धुपाल्चोक जिल्लामा सञ्चालनमा रहेका सहकारी संस्थाहरु मध्येमा नमुना संस्थाको रुपमा रहेको छ । यसले आफ्ना शेयर सदस्यहरुलाई बचत तथा ऋण कारोवार सँगै रेमिट सेवा पनि प्रवाह गरिरहेको छ भने विभिन्न सामाजिक कार्य गर्दै आऐको छ । यसले आर्थिक रुपमा विपन्न तथाउ जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनमा सहयोग गर्दै आएको त्यसै संस्थाका सचिव डिल्लीप्रसाद तिमिल्सिनाको भनाई छ त्यस संस्थामा निरन्तर बचत तथा ऋण सहकारी संस्था लि.को एकता पनि भैसकेको छ ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सामाजिक दुरी कायम गरी सहकारी क्षेत्र लगायतका विभिन्न क्षेत्रका विज्ञहरुको समेत उपस्थितिमा आयोजना गरिएको त्यस संस्थाको उक्त भवन उद्घाटन कार्यक्रमको अध्यश्क्षता गर्दै सोही संस्थाका अध्यक्ष उद्धवबहादुर तिवारीले यस संस्थाका शेयर सदस्यहरुको सक्रिय सहयोग र कर्मचारीहरुको सक्रियताका कारण स्थापना भएको छोटो समयमा उल्लेख्य प्रगति गरी आफ्नै आधुनिक सुविधा सम्पन्न भवनबाट यो संस्था सञ्चालन अवस्था बनेको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।
यस संस्थाको बाह्रबिसे नगरपालिक , भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र बलेफी गाउँपालिकामा कार्यक्षेत्र रहेको त्यसै संस्थाका प्रवन्धक सुरेन्द्र तिवारीको भनाई छ ।