कार्यक्षेत्र विस्तार सँगै नवजागरण साकोस , मन्थलीमा आकर्षण बढ्दै

रामेछापको मन्थलीमा आफ्नै सुविधा सम्पन्न भवनभाट सञ्चालन भइरहेको तथा मन्थली नगरपालिका वडा नं.१,२,३,५,६,७ र ८ , रामेछाप नगरपालिका वडा नं.८ र ९ , लिखुतामाकोशी गाउँपालिका वडा नं.५ र ७ र खाँडादेवी गाउँपालिका वडा नं. ४ र ५ मा कार्यक्षेत्र रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्यहरुको माग अनुरुप मन्थली नगरपालिका वडा नं. ४ मा कार्यक्षेत्र विस्तार गरे सँगै सो संस्थाप्रति आकर्षण बढेको जनाइएको छ । २०५५ सालमा २५ जना महिलाद्वारा रामेछापको साविक मन्थली गा.वि.स. वडा नं. ७ र ८ लाई कार्यक्षेत्र बनाई स्थापना गरिएको उक्त संस्थामा आर्थिक वर्ष २०७६/०७७ मा ६,३०० भन्दा बढी शेयर सदस्य , रु.४,४५,००,००० शेयर पूँजी , रु.३३ करोड निक्षेप संकलन , रु.३० करोड कर्जा लगानी , रु.५ करोड भन्दा बढी जगेडा कोष र रु. ४५ करोड वासलात रहेको सोही संस्थाका व्यवस्थापक रमेश उदासको भनाई छ । रामेछाप जिल्लाकै अग्रणी संस्थाको रुपमा अगाडि बढिरहेको त्यो संस्थाले नेफ्स्कूनले विकास गरेको राष्ट्रिय स्तरको प्रोफेशन कार्यक्रम अन्तर्गत प्रोवेशन ब्राण्ड प्राप्त गरेको छ । २०७६ सालमा नेफ्स्कूनद्वारा बागमती प्रदेशको उत्कृष्ट संस्था घोषित गरिएको त्यस संस्थालाई आर्थिक वर्ष २०७३/०७४ मा रामेछाप जिल्लामै सबैभन्दा बढी कर तिरेको भन्दै उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको थियो भने २०६५ सालमा डिभिजन सहकारी कार्यालय दोलखाबाट उत्कृष्ट सहकारी पुरस्कारबाट सो संस्था पुरस्कृत भएको थियो ।