बागमती प्रदेश सहकारी संघ लि.को प्रारम्भिक साधारणसभा सम्पन्न , बागमती प्रदेश बचत तथा सहकारी संघको अध्यक्षमा उद्धव सापकोटा पुन: चयन
बागमती प्रदेश सहकारी संघ लि.को प्रारम्भिक साधारणसभा २०७७ कार्तिक २२ र २३ गते ललितपुरमा सम्पन्न भयौ । राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यता , राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.वी उप्रेतीको विशैष आतिथ्यता र सोही संघको तदर्थ समितिका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भयो । सोही संघको तदर्थ समितिका वरिष्ठ उपाध्यक्ष जगतलाल महर्जनले स्वागत मन्तव्य र महासचिव भीमप्रसाद दाहालले सञ्चालन गर्नु भएको उक्त साधारणसभाले पुन: रामशरण शर्मा घिमिरेको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । उक्त सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा जगतलाल महर्जन, महिला उपाध्यक्षमा सीता ढकाल, महासचिवमा भीमप्रसाद दाहाल, सचिवमा देवराज न्यौपाने र कोषाध्यक्षमा टीकाराम भट्टराई तथा सदस्यमा अम्बिकाकुमारी थापा , कृष्णप्रसाद तिमिल्सिना , कृष्ण नेपाल ,हहभ दीपक जंगम , दुर्गा कार्की , दुर्गा सञ्जेल, मेनुका दाहाल, विमला ढकाल र विपिन शर्मा चयन हुनुभएको छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा नेत्रराज पौडेल तथा सदस्यमा कुलप्रसाद देवकोटा र लक्ष्मी गिरी चयन हुनुभएको छ । राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक टेकप्रसाद चौलागाई संयोजक तथा राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक राजेन्द्र पौडेल र राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक एवं ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाई सदस्य रहेको निर्वाचन समितिले उक्त संघको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन भएको घोषणा गरेको थियो ।

नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि कँडेल , विशेष अतिथि उप्रेती तथा राष्ट्रिय सहकारी बैंक लि.की सञ्चालक सरिता भट्टराई लगायतले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको कामना गर्नुभयो ।
यता बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को प्रारम्भिक साधारणसभा २०७७ कार्तिक २२ गते बनेपामा सोही संघका तदर्थ समितिका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न भयो । 
राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारणसभाले पुन: उद्धव सापकोटाको अध्यक्षतामा सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । उक्त सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ , महिला उपाध्यक्षमा राधा सिन्तान, महासचिवमा जिवशराज खड्का , सचिवमा गोविन्द काफ्ले र कोषाध्यक्षमा टापबहादुर श्रेष्ठ तथा सदस्यमा ईन्द्र घिमिरे , ओमप्रसाद आचार्य , कृष्णगोविन्द लाखाजु , कृष्णहरि कोइराला , चक्रबहादुर बस्नेत , जगन्नाथ दाहाल , ठाकुरप्रसाद बास्कोटा , प्रकाश बञ्जारा , प्रदिप थापा , तैजबहादुर खड्का र राधा कडरिया हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा केशवप्रसाद दंगाल तथा सदस्यमा रमिला श्रेष्ठ र रमेश श्रेष्ठ चयन हुनुभएको छ । प्रमुख अतिथि कँडेलले सो सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै निवार्चित भएको प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।
सञ्चालक समितिको सचिव पदमा मात्रै कमलराज अधिकारी र गोविन्द काफ्ले वीच प्रतिस्पर्धा भएको र त्यसमध्ये काफ्लेले ६३ र अधिकारीले १२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

