जन उत्थान साकोस ,कोटिहवाको १५औं वार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा ज्ञानु पौडृयाल पुन: चयन
सदस्य सेवाकेन्द्रहरु समेत सञ्चालन गरिरहेको जन उत्थान बचत तथा ऋण सहकारी संस्था लि. , कोटिहवा , रुपन्देहीको १५औं वार्षिक साधारणसभा २०७७ कार्तिक ३ गतेदेखि शुरु भई २२ गते शनिवार सम्पन्न भयो। सोही संस्थाका संस्थापक अध्यक्ष मेखराज पुनको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न भएको थियो । त्यसै संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालले साधारणसभाको अध्यक्षता गर्दै हाम्रो यस जन उत्थान बचत तथा ऋण सहकारी संस्था लि.ले वित्तीय सेवा मार्फत गरिवी न्युनिकरण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै संस्थाका शेयर सदस्यहरुको सक्रिय सहयोग र कर्मचारीहरुको योगदानका कारण कोरोना महामारीमा पनि यो संस्था प्रगतिपथमा अगाडि बढ्न सकेको बताउनुभयो । सोही अवसरमा सो संस्थाका सल्लाहकारहरु श्यामलाल खरेल र ईश्वरचन्द्र पोखरेल , निर्वाचन उपसमितिका शिव गौडेल , हर्षबहादुर रम्तेल र खिमकुमारी राना तथा विशिष्ट व्यक्तित्वहरु यामबहादुर थापा , टिकाराम पाण्डे , चेतराम पराजुली , मोहनसिंह गुरुङ्ग , सूर्यकुमार सारु मगर र रामेश्वर ढकालले शुभकामना मन्तव्य व्यक्त गर्दै थप प्रगतिको कामना गर्नुभएको थियाे । त्यस संस्थाका उपाध्यक्ष गिरीप्रसाद पुनले स्वागत मन्तव्य र कोषाध्यक्ष सरु रानाले सञ्चालन गर्नु भएको सो साधारणसभाले ४ वर्षे कार्याकाल रहने गरी पुन: ज्ञानु पौड्यालको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । सहकारी क्षेत्रमा अलग्गै पहिचान बनाएको त्यस संस्थाको सो सञ्चालक समितिको उपाध्यक्षमा गिरीप्रसाद पुन , सचिवमा सरु राना र कोषाध्यक्षमा विष्णुमाया कुँवर तथा सदस्यमा कर्णबहादुर पुन , जमुना तिवारी, निलप्रसाद पुन , बुद्धिबल न्यौपाने , रामप्रसाद अर्याल र शान्ति अधिकारी हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा अनिल थापा श्रीस तथा सदस्यमा कोपिला रानाभाट र घनश्याम रेग्मी चयन हुनु भएकाे छ । सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै प्रमुख अतिथि पुनले यस संस्थाले पुनः सक्षम नेतृत्व पाएको भन्दै खुशी व्यक्त गर्नु भएको थियो । सो संस्थामा कार्यरत ४१ जना कर्मचारीहरु मध्ये भैरहवा सेवाकेन्द्रकी कर्मचारी पूर्णकुमारी गुरुङलाई त्यस साधारणसभामा उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित गरिएको थियो । साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको थियो । प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा खुद मुनाफा रु.५,८६,५०,६८८/७१ , २०,५०० सदस्यहरुबाट रु.१,९५,००,००,००० पूँजी संकलन गरेको र शेयर सदस्यहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष २०७७/०७८मा शेयर सदस्य संख्या २५,००० र कूल कारोवार रु.२,३१,०३,९५,६२९ पुुुुुुु-याउने लक्ष्य रहेको उल्लेेेेेख छ ।





…………………………………………………………………

