सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.,लुभु २५औं वर्षमा प्रवेश
ललितपुरको महालक्ष्मी नगरपालिका-८ , लुभुमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.को २०७७ मंसीर ७ गतेसम्म शेयर सदस्य संख्या ३,४६२ , शेयर पूँजी रु.९ करोड १८ लाख , निक्षेप संकलन रु.७३ करोड ९९ लाख र कर्जा लगानी रु.६५ करोड रहेको सोही संस्थाका प्रबन्धक श्यामकृष्ण श्रेष्ठले सहकारी सञ्जाललाई बताउनुभयो । बचत तथा ऋण कारोवारका अतिरिक्त लुभुमा नै सुपथ मुल्य सहयोगी उपभोक्ता पसल , ग्यास गोदाम , वेष्ट लिङ्ग मा.वि. र जेष्ठ नागरिक गृह सञ्चालन गरिरहेको उक्त संस्था २०७७ कार्तिक २२ गतेबाट २५औं वर्षमा प्रवेश गरेको छ । सो संस्था स्थापना भएको २५औं बर्षमा प्रवेशको अवसरमा २०७७ कार्तिक २२ गते मैनबत्ती बालेर दीपावली गरी त्यस संस्थाको परिवार वीच एक अर्कामा शुभकामना आदान प्रदान गरिएको त्यसै संस्थाका प्रवन्धक श्रेष्ठको भनाई छ ।

आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी समय समयमा रचनात्मक कार्यक्रमहरु गर्दै आएको सो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देखिएको छ । स्थानीय समुदायमा आधारित त्यस संस्थाले कोरोना महामारीका कारण राज्यले गरेको लकडाउन तथा निशेधाज्ञाको समयमा समेत आफ्ना शेयर सदस्यहरुलाई वित्तीय लगायतका सेवा प्रवाह गरेको थियो ।

