रोयल साकोस , दुलेगौंडा र साहारा कृषि सहकारी संस्था लि., दमौली सहकारी बैंकद्वारा पुरस्कृत

0 Shares

राष्ट्रिय सहकारी बैंक लि.ले आफ्नो दमौली शाखामा आर्थिक वर्ष २०७५/०७६ मा  उत्कृष्ट कारोवार गर्ने तनहुँको दुलेगौंडामा रहेको रोयल बचत तथा ऋण सहकारी संस्था लि. र नियमित कारोवार गर्ने तनहुँकै दमौलीमा रहेको साहारा कृषि सहकारी संस्था लि. लाई पुरस्कृत गरेको छ । तनहुँको व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक रामबहादुर जी.सी.को विशेष आतिथ्यतामा राष्ट्रिय सहकारी बैंक लि., शाखा कार्यालय दमौलीको आयोजनामा गत आइतवार सम्पन्न विशेष कार्यक्रमका बीच ती दुई संस्थालाई पुरस्कृत गरिएको थियो । सो कार्यक्रममा  रोयल बचत तथा ऋण सहकारी संस्था लि..का कोषाध्यक्ष राजकुमार वाग्ले र साहारा कृषि सहकारी संस्था लि.का काा अध्यक्ष कृष्ण आचार्य मार्फत ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने र सोही बैंकका सञ्चालक रामबहादुर जी.सी.ले सम्मान-पत्र सहित ती संस्थाहरुलाई पुरस्कृत गर्नु भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि न्यौपानेले सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा राष्ट्रिय सहकारी बैंकको भूमिका दिन प्रतिदिन प्रभावकारी बन्दै गएको देखिएको भन्दै समाजको समृद्धिको आधार बन्दै गएको सहकारीको संस्थागत विकास र सदस्यको आर्थिक समृद्धिका लागि राष्ट्रिय सहकारी बैंक र सहकारी संस्थाहरुबीच सहकार्य आवश्यक रहेको बताउनुभयो भने विशेष आतिथि जी.सी.ले सदस्य सहकारीहरुमार्फत समाज रुपान्तरणका लागि राष्ट्रिय सहकारी बैंकले  सक्रिय र समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताउदै यस बैंकले सञ्चालन गर्ने वित्तीय कारोबारका साथै संस्थाको संस्थागत विकास र सुशसान तथा सञ्चालक एवं कर्मचारीहरुको नेतृत्व र क्षमता विकासका कार्यक्रमहरुमा सहभागिताका लागि अआग्रह गर्नुभयो ।

उक्त बैंक समन्वय उप-समिति दमौलीका संयोजक अमरबहादुर कुँवरले अध्यक्षता, सदस्य प्रदीप अधिकारीले स्वागत मन्तव्य र त्यसै शाखाका प्रमुख युवराज दाहालको सञ्चालन गर्नु भएको कार्यक्रममा  जिल्ला सहकारी संघ लि., तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराईले पुरस्कृत दुबै संस्थालाई बधाई दिदै तिनीहरुको थप प्रगतिको कामना गर्नुभयो भने पुरस्कृत संस्थाको तर्फबाट रोयल बचत तथा ऋण सहकारी संस्था लि. कोषाध्यक्ष राजकुमार वाग्लेले राम्रो कार्य गर्ने संस्थालाई राष्ट्रिय सहकारी बैंक लि.ले पुरस्कृत गरेको भन्दै खुशी व्यक्त गर्नु भएको थियो ।

राष्ट्रिय सहकारी बैंक लि.ले केन्द्रीय  प्रदेश  र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको भएपनि १६ औ वार्षिक साधारणसभामा शाखा स्तरीय पुरस्कारका लागि छनोट भएका ती दुई संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको कार्यक्रममा आयोजकको भनाई थियो ।

Leave a Reply