आर्थिक वर्ष २०७७/०७८ मा मंगलदीप बहुउद्देश्यीय सहकारी संस्थाको लि.को शेयर पूँजी रु.२ करोड पु-याउने लक्ष्य

0 Shares

ललितपुर महानगरपालिका-१२, प्रयागपोखरीमा रहेको  मंगलदीप बहुउद्देश्यीय सहकारी संस्था लि.ले अन्तर सहकारीमा जोड दिएको जनाएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै सो संस्थाका अध्यक्ष नवराज विष्टले आर्थिक वर्ष २०७७/०७८ मा यस संस्थाको शेयर पूँजी रु.२ करोड , बचत संकलन रु.१०,७२,००,००० , कर्जा  लगानी रु.१२,१०,००,०००  र जगेडा तथा अन्य कोष रु.३५,००,००० बनाउने लक्ष्यका साथ कार्य भइरहेको बताउनुभयो । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीको समयदेखि १ वर्षसम्म यस संस्थाले आफूबाट सदस्यहरुले लिएको  ऋण रकममा १० प्रतिशत र ५ प्रतिशत व्याज छुट तथा हर्जना मिनाहा गर्ने निर्णय गरेको उहाँको भनाई छ ।

उक्त संस्थाको २०७७ कार्तिक २३ देखि २७ गतेसम्म छैटौं वार्षिक धारणसभा सोही संस्थाका अध्यक्ष नवराज विष्टको अध्यक्षतामा सम्पन्न भयो । सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न त्यस साधारणसभामा सो संस्थाका अध्यक्ष विष्टले  वार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक सागर जङ्ग थापाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । ती प्रतिवेदनहरु साधारणसभाले छलफल गरी पारित गरेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा सो उक्त संस्थाको शेयर सदस्य संख्या २,०१५ , चुक्ता शेयर पूँजी रु.१,५२,९१,२०० , निक्षेप संकलन रु.८,४४,०५,९६५/७९ ,कर्जा लगानी रु.१०,०६,६९,६९,०८४/११ र मुनाफा रु.२,७०,६४५/७८ रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

Leave a Reply