हाम्रो दहचोक साकोस , दहचोकको कूल कारोवार रु.१२,८४,८७,५५९/०२

काठमाडौंको चन्द्रागिरी नगरपालिका-१, दहचोकमा आफ्नै भवनबाट 
सञ्चालन भइरहेको हाम्रो दहचोक बचत तथा ऋण सहकारी संस्था लि. ले व्यवसाय निरन्तरता योजना सम्पन्न गरेको जनाएको छ । सो संस्थाका अध्यक्ष हरिशरण थापाले सहकारी सञ्जालसँग कुरा गर्दै २०७७ मंसीर १७ गतेसम्म शेयर सदस्य संख्या १,८६९ , शेयर पूँजी रु.१,४१,११,२०० , निक्षेप संकलन रु.९,०७,२४,४५७/२९ , कर्जा लगानी रु.६,८०,३७,०९८/२७ र कूल कारोवार रु.१२,८४,८७,५५९/०२ रहेको बताउनुभयो । ‘हाम्रो यस संस्थाले सहकारी एकीकरणका लागि पनि पहल गरिरहेको छ’ उहाँको भनाई छ ।

सो संस्थाको २०७७ असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म ११औं वार्षिक साधारणसभा चन्द्रागिरी नगरपालिका वडा नं.१ का वडाध्यक्ष राजेन्द्र के.सी.को प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष हरिशरण थापाको अध्यक्षतामा सम्पन्न भयो । सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि के.सी.ले सामाजिक तथा आर्थिक समृद्धिमा योगदान गर्दै अगाडि बढिरहेको रहेको यस हाम्रो दहचोक साकोसले स्थापना भएको छोटो समयमा गरिरहेको प्रगति देख्ता खुशी लागेको बताउनुभयो । सहकारीको विकास र प्रवर्द्धन गर्ने गरी चन्द्रागिरि नगरपालिकाले कार्य गरिरहेको उहाँको भनाई थियो । त्यस साधारणसभाका अध्यक्ष थापाले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस हाम्रो दहचोक बचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्यहरुको रचनात्मक सहयोग र कर्मचारीहरुको महत्वपूर्ण योगदानका कारण यो संस्था कोरोना महामारीको समयमा पनि प्रगतिपथमा अगाडि बढ्न सकेको बताउनुभयो । त्यसै संस्थाका कोषाध्यक्ष नारायण बखतीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक कुमार कार्कीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । ती प्रतिवेदनहरु छलफल गरी साधारणसभाले पारित गरेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा उक्त संस्थाको शेयर सदस्य संख्या १,८२४ , शेयर पूँजी रु १,४०,२२,००० , निक्षेप संकलन रु.८,६४,६८,१६८ र ऋण लगानी रु.६,३९,८९,६७८/२६, रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस साधारणसभााको संयोजन सोही संस्थाकाा व्यवस्थापक दीपक के.सी. ले गर्नु भएको थियो ।

,
