श्री युवा साकोस , नगरकोटको २२औं वार्षिक साधारणसभा सम्पन्न

0 Shares

भक्तपुरको चाँगुनारायण नगरपालिका-६ , नगरकोटमा रहेको श्री युवा बचत तथा ऋण सहकारी संस्था लि.को २०औं वार्षिक साधारणसभा २०७७ मंसीर १३ देखि २० गतेसम्म सोही संस्थाका अध्यक्ष प्रल्हाद बास्तोलाको अध्यक्षतामा सम्पन्न भयो । सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न सो साधारणसभाको अध्यक्षता ग्रहण गर्दै त्यस संस्थाका अध्यक्ष बास्तोलाले स्थानीय समुदायमा आधारित हाम्रो यस श्री युवा बचत तथा ऋण सहकारी संस्था लि. लाई थप व्यवस्थित र मर्यादित बनाउदै लैजानको लागि हाम्रो सहकारीको उद्देश्य अनुरुप समाजमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै व्यवसाय तथा उत्पादनशील कार्यका लागि लगानी गरी सामाजिक , आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको मूल्य , मान्यता र सिद्धान्तलाई आत्मसाथ गरी अगाडि बढेको अवस्थालाई समय सापेक्षिक रुपमा सदस्यहरुको जीवनस्तर उकास्न रोजगारीका आधारमा परिवर्तित केन्द्रित व्यवसाय दृष्टिगत गर्दै सोही अनुरुप वित्तीय सेवाका कार्यहरु अगाडि बढाइरहेको बताउनुभयो ।

सोही साधारणसभामा उक्त संस्थाका सचिव सोम शर्मा (बजगाई) ले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष प्रकाश बास्तोलाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक जयराम बास्तोलाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । ती प्रतिवेदनहरु छलफल गरी साधारणसभाले फिलिम ग-यो । साधारणसभाबाट पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा सो संस्थामा शेयर सदस्य संख्या ४,१९८ , शेयर पूँजी रु.४,१२,४४,८००, जगेडा तथा अन्य कोष रु.४,५८,४०,८६,०/८३ ,निक्षेप(बचत) रु.५०,३२,११,२५८/६० , ऋण लगानी रु.४७,०९,४६,४२८ , सम्पति सामान रु.२८,२२,५३४/१३ र कूल सम्पति तथा दायित्व रु.६०,५९,९०,७०८/०४ रहेको उल्लेख छ ।

उक्त साधारणसभाको संयोजन त्यसै संस्थाका व्यवस्थापक विनोद लामिछानेले गर्नु भएको थियो ।

Leave a Reply