चमेली कल्याणकारी साकोस , विरुवाको सञ्चालन मुनाफा रु.१,७७,४०,४२२

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका-१, विरुवामा आफ्नै भवनबाट सञ्चालन भइरहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष चन्द्रराज खड्काले हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुको सुविधालाई आत्मसात गरी ३६५ दिन नै आफ्नो काउण्टर सेवा सञ्चालन गर्ने लक्ष्य लिएको बताउनु भएको छ ‌। संस्कृति संरक्षणमा सहकारीको भूमिका र उपस्थितिलाई यस संस्थाले आत्मसात गरी आगामी दिनमा विन्ध्यवासिनी लगायतका मठ मन्दिर र सार्वजनिक  ठाउँको सरसफाई कार्य गरिने उहाँको भनाई छ ‌। उहाँले यस संस्थामा आवद्ध विपन्न परिवारको उत्थानको लागि संस्थाले आयोजना गरेको सीप विकास कार्यक्रममा सहभागिताका लागि प्राथमिकता दिई तालिम पश्चात विना धितो साना ऋण व्यवस्थापन गरिने छ भन्नुभयो ।

सो संस्थाको १८औं वार्षिक साधारणसभा २०७६ मंसीर ६ देखि १३ गतेसम्म सहकारी विभागको निर्देशन पालना गरी ६ स्थानमा 

सम्पन्न भएको थियो । उक्त संस्थाका संस्थापक अध्यक्ष बद्रीप्रसाद चौलागाईको प्रमुख आतिथ्यता र बर्तमान अध्यक्ष चन्द्रराज खड्काको अध्यक्षतामा सम्पन्न त्यस साधारणसभामा सोही संस्थाका सचिव मिठाराम न्यौपानेले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष सालिकराम घिमिरेले आर्थिक प्रतिवेदन र लेखा सुपरुवेक्षण समितिका संयोजक प्रमोद घिमिरेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । त्यसै संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईले संयोजन गर्नु भएको सोही साधारणसभाले छलफल गरी ती प्रतिवेदन पारित गरेको थियो ।

 

 

 

Leave a Reply