ललितपुर बचत संघको २६औं वार्षिक साधारणसभा २०७७ मंसीर २८-पुस ११ मा

0 Shares

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सहकारी संघ लि.को २६औं वार्षिक साधारणसभा २०७७ मंसीर २८ गते आरम्भ भई पुस ११ गते समापन हुने भएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै सोही संघका व्यवस्थापक सन्तोष बजगाईले सहकारी विभागको निर्देशन पालना गरेर सदस्य संस्थाहरुलाई पायक पर्ने गरी विभिन्न स्थानमा उक्त समयमा साधारणसभाका कार्यक्रम गरी सकिएपछि २०७७ पुस ५ देखि १० गतेसम्म साधारणसभामा पेश गरिएका यस संघको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन उपर सुझाब संकलन गरी त्यसलाई समायोजन गरेर २०७७ पुस ११ गते यसै संघको सभा हलमा यस साधारणसभाको समापन कार्यक्रम गरिने बताउनुभयो । आजसम्म यस संघमा सदस्य संख्या ५२१ , शेयर पूँजी रु.४ करोड ४० लाख , निक्षेप संकलन रु.१ अर्व ४३ करोड  , कर्जा लगानी रु.९५ करोड र कूल कारोवार रु.१ अर्व ५५ करोड रहेको उहाँको भनाई छ ।  रामहरि बजगाई नेतृत्वको  बर्तमान सञ्चालक समितिले करिव २ वर्ष अगाडि त्यस संघमा पदीय जिम्मेवारी सम्हाल्दा यो संघको कूल कारोवार रु.४९ करोड जति रहेको बताइएको छ । यतिबेला त्यस संघमा कर्जाको लागि आवेदन आउने क्रम जारी रहेको जनाइएको छ ।

 

Leave a Reply