बलम्बु च्याउ सहकारी संस्था लि.को १२औं वार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा अमर दिप सिंह महर्जन निर्विरोध चयन
काठमाडौंको चन्द्रागिरी नगरपालिका-१२ , बलम्बुमा रहेको बलम्बु च्याउ सहकारी संस्था लि.को १२औं वार्षिक साधारणसभा अमर दिप सिंह महर्जनको अध्यक्षतामा सञ्चालक समिति र पुस्कर महर्जनको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गर्दै २०७७ मंसीर २४ गते सम्पन्न भयो । ४ वर्षे कार्यकाल रहने सो सञ्चालक समितिको उपाध्यक्षमा सुमन श्रेष्ठ , सचिवमा सुजिन्द्र महर्जन र कोषाध्यक्षमा प्रदीप महर्जन तथा सदस्यमा बुद्ध श्रेष्ठ , धर्मेन्द्र महर्जन र राम महर्जन एवं लेखा सुपरीवेक्षण समितिको सदस्यमा जीतबहादुर महर्जन र मिलन श्रेष्ठ हुनुहुन्छ । 
२०७७ मंसीर १६ गते आरम्भ भएको उक्त साधारणसभा सहकारी विभागको निर्देशन पालना गरी सोही संस्थाका अध्यक्ष धर्मेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त साधारणसभाको अध्यक्षता गर्दै सो संस्थाका अध्यक्ष महर्जनले च्याउ खेतीको प्रवर्द्धनमा लागिरहेको हाम्रो यस बलम्बु च्याउ सहकारी संस्था लि.ले च्याउ अनुसन्धान तालिम केन्द्र मार्फत च्याउ खेतीको अध्ययन अनुसन्धान गरिरहेको भन्दै कन्ने च्याउ उत्पादन र खेती गर्ने विधिको समेत प्रशिक्षण भइरहेको छ र मशरुम फुड इण्डष्ट्री सञ्चालन गरी बलम्बु च्याउको उत्पादन र विक्री वितरण शुरु गरिएको बताउनुभयो । कोरोना महामारीका कारण राज्यले गरेको बन्दाबन्दी र निशेधाज्ञाको अवस्थामा पनि यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्नुका साथै सो अवधिमा आर्थिक रुपमा अति विपन्न ८१ जना शेयर सदस्यलाई राहत प्रदान गरेको उहाँको भनाई थियो ।
सो साधारणसभाले त्यस संस्थाको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन छलफल गरी पारित गरेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा सो संस्थामा शैयर सदस्य संख्या २,७६४ , शेयर पूँजी रु.३,००,३८,००० , निक्षेप संकलन रु.३६,१९,९५,००० , ऋण लगानी रु.३१,३५ ,००,००० र खुद नाफा रु.४९,१७,००० रहेको साधारणसभाले पारित गरेको प्रतिवेदनमा उल्लेख छ ।
उक्त संस्थाको सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष अमर दिप सिंह महर्जनले 
हाम्रो यस संस्थाको १२औं वार्षिक साधारणसभाले पारित गरेको योजना र कार्यक्रम कार्यान्वयन गर्ने बताउदै यसै संस्था मार्फत बलम्बुलाई च्याउ हब बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
