शिक्षक हित साकोसले राष्ट्रिय स्तरको शिक्षक साकोसको संयन्त्र विकासमा पहल गर्ने

0 Shares

ललितपुर महानगरपालिका-१७, त्यागलमा रहेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि.ले राष्ट्रिय स्तरको शिक्षक साकोसको संयन्त्र विकासमा पहल गर्ने जनाएको छ । सहकारी सञ्जालसँग कुरा गर्दै सो संस्थाका अध्यक्ष हरिदेव यादवले सहकारी शिक्षा (विद्यालय विद्यालयमा तथा शेयर सदस्यहरुलाई क्षेत्रगत रुपमा) सञ्चालन गर्ने भन्दै यस संस्थाले विभिन्न नयाँ तथा प्रभावकारी बचत तथा कर्जा स्किम सञ्चालन गरी लक्ष्य अनुसारको पूँजी संकलन , कर्जा लगानी र कर्जा असुली गर्ने तीव्र प्रयास गर्ने बताउनुभयो । यस संस्थाले आफ्नो भवन बनाउन पहल गर्ने र स्वास्थ्य वीमाको व्यवस्था गर्ने उहाँको भनाई छ । उक्त संस्थाका व्यवस्थापक अर्जुन सञ्जेलले आर्थिक वर्ष २०७७/०७८ मा शेयर सदस्य संख्या १,९७६ , शेयर पूँजी ३,९२,७५,००० , निक्षेप संकलन रु २४,६१,२०,५६४ , कर्जा लगानी रु.२५,७८,२७,६९६ , नाफा रु.५०,७३,६०० , कोषहरु रु.१,७०,४५,००० र कूल सम्पति रु.३०,८५,४५,००० पु-याउने लक्ष्य रहेको बताउनुभयो ।

उक्त संस्थाको १२औं वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष हरिदेव यादवको अध्यक्षतामा २०७७ कार्तिक २४ देखि मंसीर ६ गतेसम्म सम्पन्न भयो ।  

सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न साधारणसभामा त्यसै संस्थाका अध्यक्ष हरिदेव यादवले वार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक रमेशकुमार रिजालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष गिरीप्रसाद तिमिल्सिनाले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा त्यस संस्थाको शेयर सदस्य १,७६७ , शेयर पूँजी रु.३,५२,७५,००० , निक्षेप संकलन रु.२०,०५,६५,५६,४ , कर्जा लगानी रु.२१,७८,७७,६९,६ , नाफा रु.३१,६२,१५,४ , कोषहरु रु.१,४५,६७,७९८ र कूल सम्पति रु.२६,८१,२०,६६० रहेको त्यस संस्थाले बताएको छ ।

Leave a Reply