पुष्पाञ्जली साकोस , चापागाउँको आर्थिक वर्ष २०७६/०७७ को कूल कारोवार रु.१६,४७,३०,३३६/४६

0 Shares

ललितपुरको गोदावारी नगरपालिका-११, चापागाउँमा  मुख्य कार्यालय र गोटिखेलमा सदस्य सेवाकेन्द्र रहेको पुष्पाञ्जलि बचत तथा ऋण सहकारी संस्था लि.को ११औं वार्षिक साधारणसभा २०७७ मंसीर १३ देखि २० गतेसम्म सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष नवराज घिमिरेको अध्यक्षतामा सहकारी विभागको निर्देशन पालना गरी उक्त साधारणसभा सम्पन्न भएको थियो । त्यस अवसरमा सोही संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै त्यसै साधारणसभाका अध्यक्ष घिमिरेले  ‘वित्तीय समाधानको पहिलो छनौट पष्पाञ्जली‘ परिकल्पना साकार गर्न आधुनिक प्रविधिको प्रयोग गरी छिटो , छरितो , प्रतिस्पर्धात्मक तरिकाले बचत र ऋण सेवाद्वारा सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरण गर्ने धेयले  ‘आफ्नो बचत आफैमा ऋण’ भन्ने नारालाई आत्मसात गर्दै ११ वर्ष अगाडि स्थापना भएको यो संस्था सहकारी सिद्धान्त , मूल्य , मान्यता र शेयर सदस्यहरुको हक हितको अवधारणाबाट सञ्चालन भइरहेको छ’ भन्नुभयो । उहाँले शेयर सदस्य ज्यूहरुको सहयोग र कर्मचारी हरुको लगनशीलताका कारण कोरोना महामारीको भयाबह अवस्थामा पनि हाम्रो यो संस्था प्रगतिपथमा अगाडि बढेको भन्दै २०७७ असार मसान्तसम्म यस संस्थाको शेयर पूँजी रु.२,६५,४९,००० रहेको बताउनुभयो ।  

हाम्रो यो  संस्थाको ललितपुर महानगरपालिकासँग एक सेवाकेन्द्र स्थापनाको अनुमती लिई कारोवार सञ्चालन गरिनेछ र ललितपुर जिल्लाको साविकका गा.वि.सहरु: प्युटार , आस्राङ , गिम्दी , ठूलादुर्लुङ , चौघरे , घुसेल , ठैब , धापाखेल , हरिसिद्धि , सिद्धिपुर , लुभु , टिकाथली , लामाटार , विशंखुनारायण र गोदामचौरलाई कार्यक्षेत्रमा समेट्न राज्यको सम्बन्धित निकायसँग अनुमती लिन पहल गरिने उहाँको भनाई थियो । उक्त संस्थाका व्यवस्थापक श्यामकृष्ण सापकोटाले संयोजन गर्नु भएको सो साधारणसभामा त्यसै संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक परशुराम सापकोटाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष विनोद घिमिरेले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ‌। साधारणसभाले छलफल गरी ती प्रतिवेदनहरु पारित गरेको थियो ।

Leave a Reply