नवजागरण साकोस , मन्थलीको २२औं वार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा पुन श्याम थापा

0 Shares

रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लि.को २२औँ वार्षिक साधारणसभा कोभिड-१९(COVID- 19) का कारण क्षेत्रगत सभा गर्दै आज प्रतिनिधिमूलक ढंगबाट सोही संस्थाका अध्यक्ष श्याम थापाको आध्यक्षता तथा मन्थली नगरपालिकाकी उप-मेयर मायाकुमारी कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । साधारणसभाले आगामी ४ बर्षे कार्यकालको लागि पुन: श्याम थापाको अध्यक्षतामा सञ्चालक समिति , तारानिधि सुवेदीको संयोजकत्वमा लेखा सुपरिबेक्षण समिति र सुरैश उदासको संयोजकत्वमा युवा समिति निर्बिरोध चयन गरेको छ ।  सञ्चालक समितिको उपाध्यक्षमा दीपककुमार कार्की क्षेत्री ,सचिवमा सोमेश थापा , कोषाध्यक्षमा नारायणबहादुर कार्की र सह-सचिवमा मञ्जु दंगाल तथा सदस्यमा भिमसेन थापा , दामोदर थापा , सुनिरा श्रेष्ठ , बविता कार्की , लालबहादुर मानन्धर ,शोभा सुनुवार रिजाल  हुनुहुन्छ भने लेखा सुपरीवेक्षणको सदस्यमा जगन्नाथ दाहाल र  कविता श्रेष्ठ एवं युवा समितिको सदस्यमा रविन कार्की र पुष्कर भट्टराई हुनुहुन्छ।

 

Leave a Reply