कोन सामुदायिक साकोस , पोखराको २२औं वार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा तीर्थबहादुर बस्नेत चयन

कास्कीको पोखरामा रहेको कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २२अौ बार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष शरदकान्त सिग्देलको अध्यक्षतामा सहकारी विभागको निर्देशन पालना गरी आज सम्पन्न भयो । सो साधारणसभाले ४ बर्षे कार्यकाल रहने गरी तीर्थबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । उक्त सञ्चालक समितिको उपाध्यक्षमा माधवप्रसाद सिग्देल , सचिवमा शान्तकुमार श्रेष्ठ , कोषाध्यक्षमा जयप्रसाद सापकोटा र सह-सचिवमा सुरेन्द्रप्रसाद सिग्देल तथा सदस्यमा केदारराज सिग्देल , शारदा पराजुली ,जसुदा गुरुङ र खड्कबहादुर गुरूङ (खुसिमान) र जसुदा गुरुङ हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा ज्ञानेन्द्रप्रसाद सिग्देल एवं सदस्यमा इन्द्रप्रसाद भट्टराई र बजिरमान श्रेष्ठ चयन हुनुभएको छ । सोही संस्थाका प्रवन्धक अपिल कोइरालाले आर्थिक प्रतिवेदन , प्राप्त सुझाव र नियामक निकायको निर्देशन प्रस्तुत गर्नु भएको थियो भने सोही संस्थाका सल्लाहकार नारायण पराजुली र श्याम शर्मा लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।