राष्ट्रिय सहकारी महासंघको आयोजनामा जिल्लास्तरीय संघका ब्यवस्थापकहरुको क्षमता अभिबृृद्धि तालिम सूरु

राष्ट्रिय सहकारी महासंघ लि नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा यही मंसिर २७ देखि ३० गतेसम्म संचालन हुने जिल्लास्तरिय सहकारी संघका ब्यवस्थापकहरुको क्षमता अभिबृृद्धि तालिम सूरु गरेको छ । महासंघको तालिम हलमा संचालित उक्त तालिम कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा पूर्वमन्त्री केशब प्रसाद बडालले तालिमका सहभागीहरुलाई तालिम लिइसकेपछि आर्जन गरेको ज्ञान र शीपलाई अरूसंग वाडने कुरामा सरिक हुन आग्रह गदै तालिवाट प्राप्त ज्ञानलाइ ब्यवहारमा उतारी जिल्लाको सहकारी अभियानलाइ सशक्त बनाउन सफलता मिलेस् भन्ने शुभकामना दिनु भयो । सो अवसरमा उहाले जसरी रेलको डिब्बा लिकमा गुड्न इञ्जिन ठीक संग चल्नु पर्दछ त्यसरी नै जिल्लाको सहकारी अभियान सहि रुपमा संचालन हुन जिल्ला स्तरिय संघका ब्यवस्थापक रेलको इन्जिन जस्तै संचालन हुनु पर्ने बताउनु हुदै त्यसका लागि संघका ब्यवस्थापक क्षमतावान भएमा मात्र सम्भव हुने कुरा बताउनु भयो । सोही अवसरमा महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहांग सुब्बाले महासंघले २०५८ सालवाट निरन्तर शिक्षा तथा तालिम कार्यक्रम संचालन गरेता पनि जिल्ला स्तरिय संघका ब्यवस्थापकहरुको क्षमता अभिबृद्धि तालिमको सुरुआत विगत तिनबर्ष अगाडि देखि गरेको जानकारी दिनु हुदै तालिमवाट सिकेको ज्ञान र शीपलाई जिल्लामा लगि व्यवहारमा उतार्ने सिकाई निरन्तर गर्नको लागि अनुरोध गर्नु भयो । उक्त उद्घाटन कार्यक्रममा साझा प्रकाशनका महाप्रबन्धक होम प्रसाद गौतमले सहभागिहरुको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । महासंघका वरिष्ठ प्रवन्धक तथा तालिम विभागका प्रमुख गोपीकृष्ण भण्डारीले संचालन गर्नुभएको उक्त कार्यक्रममा केन्दीय सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य रोशन शंकर घिमिरे, महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाड सुब्बा,महासंघका नायवमहाप्रबन्धक बावुल खनाल, साना किसान विकास बैंकका कार्यबहाक नायवमहाप्रबन्धक झलेन्द्र भट्टराई, महासंघका बरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारी संचार अधिकृत रामसुदन तिमिल्सिना तथा संचार कर्मी यादव हुमागाई लगायतका सहजकर्ताहरुले विविध विषयमा सहजिकरण गर्नुहुने भएको छ । महासंघले कोभिड १९ को महामारीका कारण भर्चुअल रुपमा तालिम संचालन गरिरहेको भएपनि जिल्ला संघका ब्यवस्थापकहरुको ब्यवहारीक क्षमता अभिबृद्धि गराउने उद्धेश्यका साथ यो कार्यक्रम सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै १३ जिल्लाका २० जना सहभागिहरुको उपस्थितीमा भौतिक रुपमा संचालन गरेको हो ।
(NCF Nepal बाट साभार ।)