चमेरो साकोस , बालकोटको ११औं वार्षिक साधारणसभा सम्पन्न , आ.व.२०७६/०७७ मा संस्थाको कूल कारोवार रु.२८,०५,८२,८४५

भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोट चोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको चमेरो बचत तथा ऋण सहकारी संस्था लि.को ११औं वार्षिक साधारणसभा सहकारी विभागको निर्देशन पालना गरी २०७७ मंसीर १३ देखि २४ गतेसम्म सम्पन भयो । सोही संस्थाका अध्यक्ष ई. भिमसेन श्रेष्ठको अध्यक्षता र सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कमलनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठले सहकारी संस्थाले सहकारीको सिद्धान्त , ऐन र नियमावली पालना गरी आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउन सहयोग पुग्ने गरी कार्यक्रम सञ्गलन गर्नु पर्नेमा जोड दिदै सूर्यविनायक नगरपालिकाले सहकारीको विकास र प्रवर्द्धन गर्ने गरी कार्यक्रम अगाडि बढाएको बताउनुभयो । उहाँले चमेरो साकोसको वित्तीय अवस्था हेर्दा यो संस्था राम्रो सँग अगाडि बढेको देखिएको छ भन्नुभयो । उक्त कार्यक्रमको अध्यक्षता गर्दै सोही संस्थाका अध्यक्ष ई. श्रेष्ठले ‘मिलेर केही गरौं’ भन्ने भावना र छरिएर रहेको सानो सानो पूँजीलाई एकत्रित गरी संकलन भएको बचत सदस्यहरुको सीपमूलक र आय आर्जन कार्यक्रममा लगाएर आर्थिक संकट टार्न उचित व्याजदरमा ऋण लगानी गरी सदस्यहरुको आर्थिक , सामाजिक र भौतिक अवस्थामा सुधार गर्न सहयोग पु-याउने उद्देश्यले चमेरो बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएर आफ्नो उद्देश्यमा अविचलित भई निरन्तर अगाडि बढिरहेको बताउदै यस संस्थाका शेयर सदस्य ज्यूहरुको साथ र सहयोग तथा कर्मचारीहरुको लगनशीलताका कारण यो संस्था कोरोना महामारीको विषम परिस्थितिमा पनि प्रगतिपथमा अगाडि बढ्न सकिरहेको बताउनुभयो ।
उक्त संस्थाका उपाध्यक्ष धुर्व गजुरेललै सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा सोही संस्थाका सचिव उद्धव बास्कोटाले त्यसै संस्थाको वार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक हरिकृष्ण ध्वजुले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष रामकृष्ण श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले ती प्रतिवेदनहरु छलफल गरी पारित गरेको थियो । पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा सो संस्थाको शेयर सदस्य संख्या २,०९८ (यो प्रतिवेदनमा तयार पार्दासम्ममा भने शेयर सदस्य संख्या २,१२६ पुगेको ) , शेयर पूँजी रु.१,३०,३०६०० , निक्षेप संकलन रु.२१,४१,७८,४७० , कर्जा प्रवाह रु.२२,९१,२१,५३७ , जगेडा तथा अन्य कोषहरु रु.७३,६०,८१८ र कूल कारोवार रु.२८,०५,८२,८४५ रहेको उल्लेख छ ।
बचत र ऋण कारोवार सँगै सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण लगायतका विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको सो संस्था राष्ट्रिय सहकारी बैंक लि.बाट
आर्थिक वर्ष २०७५/०७६ मा सोही बैंकको थिमी शाखा , भक्तपुरमा उत्कृष्ट कारोवार गरेकोमा हालै सम्मानित भएको थियो ।