भिमकुल साकोस, गोरखाको २५औं वार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा कृष्णकुमार श्रेष्ठ

0 Shares

गोरखाको भिमसेन थापा गाउँपालिका -७, बोर्लाङ्गमा आफ्नै भवनमा मुख्य कार्यालय तथा अस्राङमा बचत संकलन केन्द्र रहेको भिमकुल बचत तथा ऋण सहकारी संस्था लि.को २५ औं बार्षिक साधारणसभा र १०औं अधिबेशन कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालक समिति र नरेश श्रेष्ठको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति निर्विरोध  चयन गरी सम्पन्न भएको छ । ४ वर्षे कार्यकाल रहने सो सञ्चालक समितिको उपाध्यक्षमा रामचन्द्र श्रेष्ठ , सचिवमा भूमि गोतामे , कोषाध्यक्षमा घनश्याम श्रेष्ठ र सह-सचिवमा शोभा गोतामे तथा सदस्यमा राम ढकाल, डिलबहादुर आले, बुद्धि श्रेष्ठ, मञ्जु पौड्याल लामिछाने, कुमारी बि.क., नवराज अधिकारी, मानकुमार श्रेष्ठ र झम्कनाथ सिम्खडा तथा लेखा सुपरीवेक्षण समितिको सदस्यमा रञ्जित श्रेष्ठ र होमनाथ सिम्खडा हुनुहुन्छ ।

सहकारी विभागको निर्देशन पालना गरी २०७७ मंसीर २७ गते सम्पन्न उक्त साधारणसभाको उद्घाटन गर्दै नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नीति , विधि , प्रविधि र सुशासनलाई आत्मसात गरी प्रविधि मैत्री बनेर आफ्ना शेयर सदस्यहरुको जीवनस्तर उठाउन सहयोग पुग्ने गरी  सहकारी संस्थाहरु सञ्चालन हुनु पर्नेमा जोड दिनुभयो । उहाँले यस भिमकुल साकोसले आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पु-याइरहेको योगदान र यसले गरिरहेको प्रगति देख्ता खुशी लागेको बताउनुभयो ।

सोही साधारणसभाले त्यस संस्थाको वार्षिक प्रतिवेदन ,लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र आर्थिक प्रतिवेदन छलफल गरी पारित गरेको थियो । साधारणसभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा त्यस संस्थामा शेयर सदस्य संख्या २,८८६ , कूल कारोवार रु.२४,२२,००,००० र मुनाफा आर्जन रु.६७,६५,००० रहेको र आर्थिक वर्ष २०७७/०७८ मा शेयर सदस्य संख्या ३,६१० र कूल कारोवार रु.३२,८५,००,०० पु-याउने लक्ष्य रहेको उल्लेख छ ।

यस वर्ष नेफ्स्कूनबाट गण्डकी प्रदेश स्तरीय साकोस विधामा उत्कृष्ट साकोसको रुपमा उक्त संस्था पुरस्कृत भएको थियो । नेफ्स्कूनबाट लगातार २ पटक प्रोबेशन  ब्राण्ड  प्राप्त गरेको त्यस संस्थाले यस वर्षदेखि एक्सेस ब्राण्ड कार्यक्रममा सहभागिता जनाएको बताइएको छ ।

 

 

 

 

 

Leave a Reply