जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुरको ११औं वार्षिक साधारणसभा सम्पन्न

0 Shares

जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुरको १५ औं वार्षिक साधारणसभा २०७७ मंसीर २१ देखि ३० गतेसम्म सोही संघकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता र बागमती प्रदेश , भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयका सचिव मनिता जोशी बैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न सो साधारणसभाले उक्त संघको वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन छलफल गरी पारित गरेको थियो । ती प्रतिवेदनमा आर्थिक वर्ष २०७६/०७७ मा उक्त संघमा सदस्य संख्या १४० , शेयर पूँजी रु.३,००,००,०००, बचत संकलन रु.५१,४३,९३,००० र ऋण लगानी रु.१४,३१,१०,००० रहेको उल्लेख छ ।

२०७७ मंसीर ३० गते सम्पन्न सो साधारणसभाको समापन कार्यक्रममा श्रमिक साकोस र मखमली साकोस   एकीकरण भएर बनेको श्रमिक साकोस , उपयोगी साकोस र सहस्राब्दी साकोस एकीकरण भएर बनेको उपयोगी सहस्राब्दी साकोस र सर्वोत्तम साकोस र सञ्चिती साकोस एकीकरण भएर बनेको सर्वोत्तम सञ्चिती साकोसलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट दैनिक कारोबार गर्ने साकोसमा हाम्रो गोर्खा साकोस ,  मिश्रित साकोसमा जनकल्याण साकोस ,उत्कृष्ट महिला साकोसमा सक्रिय महिला साकोस पनि सम्मानित भ एका थिए । त्यस्तै समग्रतर्फ सर्वाधिक बचत जम्मा गर्नेेमा सञ्जीवनी साकोस , ऋण परिचालन गर्नेमा बज्रबाराही साकोस र बढी शेयर खरीद गर्नेमा महिला सेवा साकोसलाई सम्मान गरिएको थियो भने महिला साकोसतर्फ सर्वाधिक बचत जम्मा गर्नेमा महिला जनचेतना साकोस, ऋण परिचालन गर्नेमा महिला अभियान साकोस र बढी शेयर खरिद गर्नेमा महिला मिलन साकोसलाई सम्मान गरिएको थियो । यसैगरी गाउँपालिकातर्फ सर्वाधिक बचत गर्नेमा महिला जागृति साकोस , ऋण परिचालन गर्नेमा दिव्यज्योति महिला साकोस र बढी शेयर खरीद गर्नेमा महिला जागरण साकोसलाई पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा सहकारी अभियानकर्मीमा महिलातर्फ मञ्जु थिङ र पुरुषतर्फ ईन्द्रबहादुर बस्नेत, उत्कृष्ट कर्मचारीमा महिलातर्फ महिला आवाज साकोसकी व्यवस्थापक बाटुकुमारी योञ्जन र पुरुषतर्फ सुरक्षित साकोस हेटौंडाका व्यवस्थापक दुर्गाप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि जोशीले सो संघको उत्तरोतर प्रगतिको कामना गर्दै कार्यक्रममा सम्मानित हुने सबैलाई बधाई ज्ञापन गर्नुभयो । कार्यक्रमको अध्यक्षता गर्दै सोही संघकी अध्यक्ष श्रेष्ठले जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुरले प्रारम्भिक सहकारी संस्थाज्ञरुलाई नीति , विधि , प्रविधि र सुशासनमा आधारित रहेर सञ्चालनको लागि सहजीकरण गरिरहेको बताउनुभयो ।

त्यस कार्यक्रममा जिल्ला सहकारी संघ लि., मकवानपुरका नि:वर्तमान अध्यक्ष बद्रिप्रसाद लम्साल र बर्तमान उपाध्यक्ष मेनका दाहाल तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुरकी संस्थापक अध्यक्ष सुलोचना स्याङ्तानले जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मकवानपुरको उत्तरोतर प्रगतिको कामना गर्नु भएको थियो ।

 

Leave a Reply