शुभश्री साकोस, शंखधर चोक , भक्तपुरको नयाँ भवनबाट कारोवार शुभारम्भ

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को नयाँ कार्यालय उद्घाटन भई त्यहींबाट कारोवार शुभारंभ भएको छ । २०७७ मंसीर २७ गते कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सोही संस्थाका अध्यक्ष ज्ञान कृष्ण श्रेष्ठ तथा मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले एकै साथ रिबन काटी सो संस्थाको नयाँ कार्यालयमा प्रवेश गर्नुभयो भने त्यसपछि मेयर श्रेष्ठले पानसमा दीप प्रज्वलन गर्नु गर्नुभएको थियो । त्यस अवसरमा आयोजित कार्यक्रममा मेयर श्रेष्ठले शुभश्री सहकारी संस्थाले गरेको सदस्यमुखी सेवा तथा प्रगतिप्रति खुसी ब्यक्त गर्दैै मध्यपुर थिमि नगरपालिकाले गर्ने सामाजिक कार्यहरुमा सहकारी संस्थाहरुको सहयोगको लागि आग्रह गर्नु भयो । उक्त संस्थाका अध्यक्ष ज्ञान कृष्णश्रेष्ठले त्यस कार्यक्रमको अध्यक्षता गर्दै शेयर सदस्यहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र लगनशीलताले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढेको बताउनुभयो । उहाँले यस संस्थामा हाल शेयर सदस्य संख्या २,५८४ , शेयर पूँजी रु.४,४४,३६,२०० , निक्षेप संकलन रु.३४,०५,६४,९५५ , रु.१९,९५,२९,८६८ र सदस्यहरुमा लगानी गरेको , गत बर्षको खुद बचत समेतबाट बचतकर्ता तथा ऋणी सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषमा जम्मा भएको रकम रु.३८,९६,४२७ बितरण गरेको र आगामी दिनमा पनि संस्थाको प्रगतिका लागि सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र अन्य उप–समितिहरु, कर्मचारी वर्ग तथा शेयर सदस्यहरुको साथ र सहयोगको अपेक्षा गर्दै शुभेच्छुक महानुभावहरु लगायत संस्थालाई यस अवस्थासम्म ल्याई पु-याएकोमा हार्दिक आभार व्यक्त गर्नु भयो । सो संस्थाका उपाध्यक्ष श्याम सुन्दर कायष्ठले स्वागत मन्तब्य व्यक्त गर्नु हुदै “आर्थिक तथा सामाजिक विकासका लागि बचत गरौ” भन्ने मूल नाराका साथ रु.१ लाख ७२ हजार शेयर पूँजीबाट २०६४ साल कार्तिक २१ गते तत्कालीन डिभिजन सहकारी कार्याालय , भक्तपुरमा दर्ता भई शुरु भएको त्यस संस्थाले सदस्यहरुको आर्थिक र सामाजिक विकासका लागि गरेका कार्यहरुको चर्चा गर्नुभायो । कार्यक्रम सञ्चालन गर्दै सोही संस्थाका सचिव काशीभक्त कायष्ठले नगरपालिकाबाट गरिने सामाजिक कार्यहरुमा संस्थाले सक्दो साथ र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो भने सञ्चालक सदस्य रत्न सुन्दर कायष्ठले शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को नयाँ कार्यालय उद्घाटन तथा कारोवार शुभारम्भ कार्यक्रम सफल पार्न उपस्थित हुनु हुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्नुभयो ।