राष्ट्रिय सहकारी महासंघ लि.को २८औं वार्षिक साधारणसभा पुस २७ गते
राष्ट्रिय सहकारी महासंघको २८ औं बार्षिक साधारण सभा पुस २७ गते भौतिक उपस्थिति तथा भर्चुअल विधि अवलम्बन गरी संचालन हुने भएको छ । महासंघको बिहिबार बसेको १९३ औं बोर्ड बैठकले अबदेखि प्रत्येक बर्ष पुस २७ गते नै बार्षिक साधारण सभा गर्ने निर्णय समेत पारित गरेको छ । २०७६ चैतपछि पहिलो पटक पूर्ण रुपमा भौतिक उपस्थितिमा महासंघको बोर्ड बैठक बसेको हो ।
बैठकले अध्यक्ष कडेलको संयोजकत्वमा कार्यकारीणी समिति गठन गरेको छ । जसको सदस्यमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, संचालक खेम पाठक र केवी उप्रेती रहेका छन् । संचालक रामकृष्ण खाडलाई विशेष आमन्त्रण गरिने उल्लेख छ ।
त्यसैगरी सल्लाहकारहरुमा सांसद बालकृष्ण खाँड, पूर्व मन्त्री गणेश शाह, सांसद पशुपति चौलागाई, सांसद उषा झा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, डा भरत प्रधान, डा हरिकृष्ण उपाध्याय र राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसीलाई मनोनय गरेको छ ।
बोर्डले विभिन्न उपसमिति समेत गठन गरेको महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ सुब्बाले बताउनुभयो । व्यवसाय प्रवद्र्धन उपसमतिको संयोजकमा भिम तुलाचन, सूचना तथा प्रकाशन उपसमितिको संयोजकमा टेकप्रसाद चौलागाई, शिक्षा तथा तालिम उपसमितिको संयोजकमा राजेन्द्र पौडेल, वैदेशिक सहभागिता छनोट उपसमितिको संयोजकमा शिवकुमार डाँगी, महिला उपसमितिको संयोजकमा अमृता सुब्बा, युवा समन्वय उपसमितिको संयोजकमा सागर ढकाल रहनुभएको छ ।
नेतृत्व रुपान्तरण कार्यशाला सम्पन्न

राष्ट्रिय सहकारी महासंघका सञ्चालक , लेखा तथा सुपरीवेक्षण समितिका लागि आयोजना गरिएको नेतृत्व रुपान्तरण कार्यशालाको मिति २०७७ पुस १ गते गोकर्ण फरेष्ट रिसोर्टमा सम्पन्न भएको छ । कार्यक्रमले नेतृत्वको क्षमता विकास र आगामी दिनमा महासंघको मुल्य मान्यता विकास गर्दै दृरदृष्टि बनाइ रणनीतिक रुपमाअगाडी बढ्नका लागि सहयोग पुगेको महासंघका अध्यक्ष मिनराज कडेलले बताउनुभयो । महासंघको बोर्ड र व्यवस्थापनबिचको सम्बन्धलाई अझ गाढा बनाउनका लागि तालिमले नयाँ दिशा निर्देश गरेको उहाँले उजागर गर्नुभयो । सहकारी अभियानलाई समृद्ध मुलुक निर्माणको बलियो आधार बनाउनका लागि कार्यक्रमले मार्गदशन गरेको बताइएको छ । सो कार्यशाला मंसिर २९ गतेबाट शुरु भएको थियो । कार्यशालामा सहजीकरण नेतृतव चेतना कोच इन्द्र गुरुङ र मनोपरामर्शकर्ता राजेश्वरी श्रेष्ठले गर्नुभएको थियो । कार्यशाला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा भएको हो ।
(NCF Nepal बाट )
