सहकारी अभियानको सहमती भए सहकारी कर्जा सूचनकेन्द्र १ महिना भित्र सञ्चालनमा आउन सक्छ : रजिष्टार डा. पाण्डे
सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले सहकारी अभियानको सहमती भएमा सहकारी कर्जा सूचना केन्द्र १ महिना भित्र सञ्चालनमा ल्याउन सकिन्छ भन्नु भएको छ । सहकारी पत्रकार समाजले हिजो काठमाडौंमा आयोजना गरेको ‘ सहकारीमा गुणस्तर मापन’ विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले सहकारी अभियानसँग सहमती जुट्न नसकोले सहकारी कर्जा सूचना केन्द्र सञ्चालनमा आउन नसकेको बताउनुभयो ।
‘सहकारी कर्जा सूचना केन्द्रको प्रणालीमा भएको डाटाबाट सहकारीले शून्य खर्चमा कर्जाको जानकारी पाउन सक्छ । सहकारी विभाग त्यो जिम्मा लिन तयार छ’ उहाँको भनाई छ ।
सहकारी क्षेत्रमा सहकारी ऐन र नियमावली उल्लेख भएको प्राबधान अनुसार सहकारी कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायधीकरण जति सक्दो चाडो स्थापना हुनु पर्ने माग जोडदार रुपमा उठिरहेको छ ।
